Karl Marx
 

विश्व सर्वहारावर्गलगायत सम्पूर्ण शोषित –पीडित मानव समुदायको पथप्रदर्शक कार्ल मार्क्सको जीवन चर्चा पढ्नु, जान्नु र वुझ्नु मार्क्सवादमा आस्था राख्ने जो कोहीका लागि पनि आवश्यक छ । मार्क्स आफ्नो जीवनमा कसरी क्रान्तिकारी दिशामा अघि बढ्नुभयो, उहाँले कसरी सर्वहारा दृष्टिकोणको निरुपण गर्नुभयो, कम्युनिष्ट लिग र प्रथम अन्तर्राष्ट्रियको स्थापना र विकासमा उहाँको कस्तो भूमिका रहेको थियो, उहाँले जीवनमा कस्ता कस्ता दुःख झेल्नुपर्‍यो, उहाँको पारिवारिक जीवन कस्तो थियो र उनको महान् एंगेल्ससँगको मित्रता र सिर्जनात्मक सहयोगको गाथा कस्तो थियो र उहाँको महान् अविष्मरणीय र प्रेरणाका स्रोत रहेका छन् । कस्तै दुःख र विघ्नबाधाका बीच पनि अविचलित आफ्नो लक्ष्यमा निरन्तर अघि बढिरहनु साँच्चै मार्क्सका महानता हुन् ।

यिनै महान् मार्क्सद्वारा प्रतिपादित दर्शनलाई माक्सवादी दर्शन भनिन्छ । यो दर्शनलाई लेनिनले, “विश्व सैद्धान्तिक विचारधाराको शिखर, उन्नाइसौं शताब्दीमा जर्मन दर्शनशास्त्र, वेलायती राजनीतिक अर्थशास्त्र, फ्रान्सेली समाजवादका श्रेष्ठतम सिर्जनाको वैधानिक उत्तराधिकारीको रुपमा चित्रण गर्नुभएको छ । र, के पनि प्रष्ट गर्नुभएको छ भने मार्क्सको सिद्धान्त सर्वशक्ति सम्पन्न छ किनभने यो सत्य छ । यो सम्पूर्ण र सुसङ्गत छ, यसले मानिसलाई सम्बद्ध विचारधारा प्रदान गरेको छ ।”

कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ तारिखका दिन जर्मनीको प्रसिया अन्तरगत ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । उहाँका बुवा हेनरिरव मार्क्स र आमा हेनरियेंट्टा मार्क्स (हल्याण्ड) हुनुहुन्थ्यो । उहाँको परिवारमा चार दाजु भाइ र पाँच दिदी बहिनी हुनुहुन्थ्यो । मार्क्स माइला छोरा हुनुहुन्थ्यो ।

मार्क्सको विवाह सन् १८४३ जुन १९ तारिखका दिन जर्मनीको सानो शहर क्रेश्चनारवमा जेनी बेष्टफालेनसँग भएको थियो । मार्क्सका सन्तानहरूमा चार छोरी (जेनी, लाउरा, फ्रान्चिस्का, एलेओनोरा र दुई छोरा (एडगार र गिदो) थिए ।

Hasta Bahadur KC, Rukum, Baidya Maoist
लेखक

कार्ल मार्क्स विद्यार्थी जीवनदेखि नै महान् प्रतिभाशाली र क्रान्तिकारी हुनुहुन्थ्यो । सन् १८३० – १८३५ सम्म मार्क्सले ट्रिर जिम्नासियम (स्कुल) मा अध्ययन गर्नु भयो । मार्क्स किशोर अवस्थादेखि नै तीव्र बुद्धि र उच्च नैतिक गुणका धनी हुनुहुन्थ्यो । जीवनको बाटो छनौट गर्दा अहंकार, महत्वाकांक्षा, पदलोलुपताजस्ता प्रवृत्तिले स्थान पाउनु हुँदैन भन्ने मार्क्सको धारणा थियो । आफ्नो उच्च सामाजिक कर्तव्यप्रति निष्ठावान रहनु भएको मार्क्सले मानव जातिको सेवालाई नै जीवनको एकमात्र उद्देश्य ठान्नु हुन्थ्यो अर्थात मानव जातिको निम्ति ‘परिश्रम गर्नु’ भन्नु हुने मार्क्सको मानव जातिको आत्मत्यागमन सेवा गर्नु नै सम्पूर्ण जीवनको एक मात्र उद्देश्य थियो ।

अक्टुवर १८३५ मा मार्क्स बोन विश्वविद्यालयको कानुन विभागमा भर्ना हुनु भयो । विश्वविद्यालयमा उहाँले कानुनशास्त्रको साथै साहित्य, सौन्दर्यशास्त्र, नवीनतम् कला, इतिहासको पनि अध्ययन गर्नु भयो । बोनमा एक वर्ष अध्ययन गरे पछि मार्क्स बर्लिन विश्वविद्यालयमा सर्नु भयो । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासको लागि बढि सुविधा प्राप्त थियो ।

क्रान्तिकारी जीवनको शुरुवात

जुन बेला माक्र्सको दृष्टिकोण बन्दै थियो, त्यसैबेला महान् ऐतिहासिक घटनाहरु पनि परिपक्व हुँदै थिए । अठारौं शताब्दीको अन्त्यतिर वाष्प इन्जिनको आविष्कारले बेलायती अर्थतन्त्रमा जुन क्रान्तिको प्रादुर्भाव गरेको थियो, त्यो क्रान्ति युरोपेली महाद्वीपमा फैलिँदै गएअनुसार धेरैजसो युरोपेली मुलुकमा कायम रहेका सामन्ती अवेशषहरुप्रतिको विरोध पनि चर्किदै गयो । बृहत् पुँजीवादी उद्योगको विकासले किसान तथा कारिगरहरुको टाट उल्टिन थाल्यो, उनीहरु उत्पादनका सब साधनबाट वञ्चित हुन थाले र कठोर शोषणका सिकार बन्दै ज्यालादार मजदुरमा परिणत हुन थाले ।

युरोपेली मुलुकहरुमा पुँजीवादी व्यवस्थाको स्थापनाले वर्गसंघर्ष चर्कायो, बुर्जवाजनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनहरु बढ्न थाले, विश्व ऐतिहासिक मञ्चमा सर्वहारावर्ग देखापर्‍यो । तर पुँजीवादी व्यवस्थाको विरोधले चाहिँ अझै सुसंगठित र चेतनशील रुप लिइसकेको थिएन । सन् १८३१ र १८३४ मा फ्रान्सको ठूलो औद्योगिक केन्द्र लिओनमा मजदुर विद्रोह भयो । चौथो दशकको पूर्वाद्धमा बेलायतमा मजदुरवर्गको पहिलो व्यापक क्रान्तिकारी राजनीतिक आन्दोलन चार्टरवादको प्रादुर्भाव भयो ।

पछौटे, आर्थिक तथा राजनीतिकरुपमा विभिन्न टुक्रामा विभाजित जर्मनीमा, जहाँ श्रमिक जनता दोहोरो शोषण अर्थात सामन्ती अवशेष र नवोदित पुँजीवादको जुवामुनि पिल्सिएका थिए, बुर्जुवा–जनवादी क्रान्ति र परिपक्व हुँदै थियो । त्यहाँ चौथो दशकको अन्त्य र पाँचौ दशकको सुरुतिर जनसमुदायको असन्तुष्टता पराकाष्ठामा पुग्यो, मजदुर मजदुर आन्दोलनको जन्म भयो, बुर्जुवावर्ग र बुद्धिजीवीहरुका बीचमा नानाथरीका सत्ताविरोधी राजनैतिक धाराहरुको प्रादुर्भाव हुनथाल्यो ।

राजनीतिक मञ्चमा खुल्लारुपले आउने आँट गरिनसकेका विरोधी तत्वहरुले विभिन्न साहित्यिक तथा दार्शनिक गुटहरु खडा गरे । तथाकथित युवा हेगेलवादीहरु अर्थात् हेगेलका वामपन्थी अनुयायीहरुले यस्तै गुट खडा गरेका थिए र मार्क्स यस गुटको नजिक आउनुभयो ।

युवा हेगेलपन्थीहरु विरुद्ध संघर्ष

एक सुव्यवस्थित विश्व दृष्टिकोणको तर्जुमा गर्न थाल्नुभएको माक्र्सका लागि हेगेलीय दर्शनतर्पmको आकर्षण कुनै आकस्मिक कुरा थिएन । जर्मन शास्त्रीय दर्शनशास्त्रका यस महानतम प्रतिनिधिको सबभन्दा ठूलो देन के थियो भने उनी विश्वका सबै घटनाहरुलाई द्वन्द्धवादी पाराले हेर्थे । उनी कुनै पनि घटनालाई यसको उत्पत्ति, विकास र अन्त्यको प्रक्रियामा अध्ययन गर्थे । यस प्रगतिशिल तरिकाको उपयोगद्वारा हेगेलले प्राकृतिक एवम् सामाजिक विकासको आन्तरिक नियमितता, विकासको आधार बनेका अन्तरद्वन्द्वहरुको संघर्ष पत्ता लगाउने कोसिस गरे । तर हेगेलले यस समस्याको समाधान गर्न सकेनन्,किनभने उनको दर्शनमा निकै ठूलो त्रुटि थियो अर्थात् यो दर्शन अध्यात्मवादी थियो । प्रकृतिलाई वस्तुपरकरुपमा मानव चेतनाबाट स्वतन्त्र कुरा र सबै चिजको थालनीमा रुपमा हेर्ने भौतिकवादी दार्शनिकहरुको विपरित हेगेल आध्यात्मिक विकास, परमभाव लाई नै प्राकृतिक एवम् सामाजिक विकासको आधार मान्दथे । प्रकृति र समाजको स्रष्टाको रुपमा देखापर्ने हेगेलको ‘परमभाव’ अन्तोगत्वा दार्शनिक खोलभित्र बन्द भएको ईश्वरवादवाहेक अरु केही थिएन । यसप्रकारले हेगेलवादी दर्शनका भव्य भवन ढुलमुलाउँदो जगमा खडा थियो ।

हेगेलको अध्यात्मवादी दर्शनले उनको द्वन्द्ववादी प्राणीलाई पनि प्रभावित तुल्याएको थियो । माक्र्सले पछि गएर लेख्नुभएको थियो, हेगेलको द्वन्द्ववाद टाउकोले टेकेर उभिएको थियो । यस पद्धतिलाई विश्व अनुभूतिको वास्तविक वैज्ञानिक पद्धतिमा परिणत गर्नका लागि यस दर्शनलाई सुल्टो पारेर उभ्याउनुपथ्र्यो । आप्mनो पुरातनवादी सामाजिक एवम् राजनीतिक धारणाको फलस्वरुप हेगेलले द्वन्द्ववादी पद्धतिको पूर्ण रुपले अनुशरण गरेनन् । यस पद्धतिलाई अतितको मूल्यांकनमा मात्र प्रयोग गरे, तर वर्तमान र भविष्यको अध्ययनमा लगाएनन् ।

डाक्टरी (विद्यावारिधि) थेसिस

मार्क्सले यस अवधिमा मुख्यतया प्राचीन दर्शनको अध्ययन गर्नुभयो । उहाँ “डेमोक्रिटको प्रकृतिदर्शन र एपिकुरको प्रकृति दर्शनबीचको भेद” विषयमा डाक्टरी थेसिस तयार गर्दै हुनुहुन्थ्यो । यो मार्क्सको पहिलो वैज्ञानिक कृति थियो र यसमा उहाँको विचारधारा अझ अध्यात्मवादी नै थियो । तर हेगेलसम्बन्धी सोचाइमा उहाँले यथेष्ट स्वतन्त्रता देखाइसक्नुभएको थियो । यथार्थवादी एपिकुरप्रति हेगेल नकारात्मक दृष्टिकोण राख्थे, तर मार्क्सले चाहिँ यस प्राचीन ग्रिक दार्शनिक शिक्षा प्रचारकको धर्म तथा अन्धविश्वास विरोधी सहसिलो संघर्षको निर्क प्रशंसा गर्नुभएको छ । मार्क्सले विज्ञानलाई धर्मको अधिनमा राख्ने, स्वतन्त्र मानव चिन्तमाथि नियन्त्रण राख्ने प्रयासको विरुद्ध कडा संघर्ष गर्नुभयो । मानवजातिको सुखका लागि गौरवपूर्ण र आत्मत्यागमय संघर्ष गर्न पौराणिक देवता प्रोमेथसको उहाँ सम्मान गर्नुहुन्थ्यो । मार्क्सले लेख्नुभएको थियो – साँच्चि भन्ने हो भने म सबै देवताहरुलाई घृणा गर्छु, तर मार्क्सको शब्दमा “आकाश र पातालका सब देवताहरुका विरुद्ध संघर्ष गर्नु नै प्रगतिशील दर्शनशास्त्रको उच्चतम आदर्श हो ….।”

आकाश र पातालका सबै देवताहरुको विरुद्ध संघर्ष छेडदै एक लडाकु अनिश्वरवादीका रुपमा मात्र नभएर एक क्रान्तिकारी, तथाकथित ईसाई राज्य प्रोइसेन निरंकुश राजतन्त्रको विरुद्ध साहसी योद्धाका रुपमा माक्र्स देखापर्नुभयो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफ्नो थेसिसको वास्तविक मूल्यांकन हुन सक्दैन भन्ने कुरा माक्सले देखिसक्नुभएको थियो । तसर्थ उहाँले इयेना विश्वविद्यालयमा आफ्नो थेसिस पठाउनुभयो र अप्रिल १९४१ मा दर्शनशास्त्रका डाक्टरको उपाधि प्राप्त गर्नुभयो ।

मार्क्सले वैज्ञानिक अनुसन्धानमा लाग्ने विचार गर्नुभएको थियो । उहाँ बोन विश्वविद्यालयको प्रोफेसर बन्न चाहनुहुन्थ्यो । तर प्रोइसेन सरकारले, प्रतिक्रियावादी नीति अपनाएको थियो र विश्वविद्यालयहरुबाट प्रगतिशिल प्रोफेसरहरुलाई धपाउने गथ्र्यो । प्रोइसेन विश्वविद्यालयहरुमा प्रगतिशिल वैज्ञानिक विचारधाराको लागि कुनै स्थान छैन भन्ने निष्कर्षमा माक्र्स पुग्नुभयो ।

राइन पत्रिकाको सम्पादकत्व

विश्वविद्यालयको कक्षा नभएर अखवार नै माक्सको लागि जर्मन र प्रतिक्रियावादीको विरुद्ध संघर्षको मञ्च बन्न पुग्यो । सन् १८४२ को वसन्तदेखि उहाँले “Rheinsiche Zeitung” मा काम गर्न थाल्नुभयो र त्यसै वर्षको अक्टोवर महिनाको मध्यावधिमा त्यस पत्रिकाको सम्पादक बन्नुभयो । प्रतिक्रियावादी प्रोइसेन व्यवस्थाबाट असन्तुष्ट राइन विरोधी बुर्जुवावर्गले यो पत्रिका निकालेको थियो । पत्रिकाको कार्यकर्ता र सम्पादकको रुपमा माक्र्सले साहित्य र पत्रकातिरतासम्बकन्धी अपूर्व प्रतिभा देखाउनुभयो । उहाँ एक महान् संगठक हुनुहुन्थ्यो र आश्चर्यजनक कार्यक्षमताले विभूषित हुनुहुथ्यो । उहाँको नेतृत्वमा पत्रिकाले निश्चित क्रान्तिकारी जनवादी रुप लिन थाल्यो ।

यस पत्रिकाको माध्यमबाट माक्र्सले त्यस्ता प्रश्नहरुको जवाफ दिने कोशिश गर्नुभयो, जसले जर्मनीमा परिपक्क हुँदै गइरहेको क्रान्तिकारी परिस्थितिमा विशेष उग्ररुप लिन पुगेको थियो । प्रेस स्वतन्त्रताको अभाव र त्यसताका प्रोइसेनमा कडाइसाथ लागु भइरहेको प्रतिक्रियावादी सेन्सर यस्तै प्रश्न थिए । पत्रकारिताको क्षेत्रमा माक्र्सको पहिलो प्रयासको रुपमा देखापरेको लेख नवीनतम प्रोइसेन सेन्सर कानुन यसै विषयमा लेखिएको थियो । सन् १८४३ को सुरुमा लेखिएको यो लेख कडा सेन्सर लागु भएको अवस्थामा जर्मनीमा प्रकाशित हुन सक्दैनथ्यो, तसर्थ युवा हेगेलवादीले सन् १८४३ मा प्रकाशन गरेको संग्रहमा मात्र यो लेख छापिन सक्यो ।

“Rheinsiche Zeitung” मा प्रकाशित माक्र्सको पहिलो लेख पनि प्रेस स्वतन्त्रतावारे नै लेखिएको थियो । जर्मनीमा देखापर्ने कुनै पनि सजिव विचारधाराको घाँटी निमोठ्न चाहने छ प्रतिक्रियावादी सेन्सरको विरोध गर्दै माक्र्सले भन्नुभएको छ , पत्रपत्रिका जनताको वौद्धिक ऐना हुनुपर्दछ, उसको आवश्यकता र आकांक्षाको प्रतिविम्व हुनुपर्छ । पत्रकारितालाई नाफा दिने व्यवसाय, जीवनयापनको सामान्यसाधन बनाउने प्रवृत्तिको उहाँ घोर विरोध गर्नुहुन्थ्यो । लेखकले बाँच्ने र लेख्ने सम्भावना पाउनका लागि कमाउनुपर्छ तर कदापि कमाउनका लागि बाँच्नु र लेख्नु हुन्न ।” माक्र्सले आफ्नो साहित्यिक क्रियाकलापको प्रारम्भकालमा पत्रकारिताको महान् भूमिका र लेखकको गौरममय पेशावारे अत्यन्त संक्षित र स्पष्ट तरिकाले आफ्नो विचार प्रकट गर्नु भएका थियो ।

सरकारी सेन्सर र पत्रिकाका बुर्जुवा सेयरहोल्डरहरुले विभिन्न विघ्नवाधा पैदा गरे तापनि माक्र्स सम्पूर्ण जर्मनीभरि फैलिएको आर्थिक, राजनीतिक तथा बौद्धिक उत्पिडनका विरुद्ध आफ्नो पत्रिकाको माध्यमबाट संघर्ष गर्दै जानुभयो ।

माक्र्सले एक सच्चा क्रान्तिकारी जनवादीका रुपमा जनताका जल्दाबल्दा समस्याहरुका लागि आवाज उठाउनुभयो ।

वास्तविक जीवन, श्रमिकहरु र तिनको अधिकारशून्य अवस्थासँगको परिचयले माक्र्सलाई तत्कालीन जर्मनीका राजनीतिक व्यवस्थाबारे नयाँ किसिमले सोचविचार गर्न बाध्य तुल्यायो । प्रोइसेन सरकार र उनका कर्मचारीहरु जनताको हितका लागि होइन, विशेषाधिकार सम्पन्न वर्गहरुका लागि पुरोहितहरु कर अभिजातवर्गका लागि काम गर्दैछन् भन्ने निर्णयमा माक्र्स पुग्नुभयो । यसप्रकारले वर्गीय समाजमा राज्यको वास्तविक भूमिका कस्तो हुन्छ भन्ने कुरा पत्ता लगाउने दिशामा माक्र्स एक पाइला अघि सर्नुभयो । “Rheinsiche Zeitung” मा प्रकाशित माक्र्सका लेखहरु इतिहासको भौतिकवादी समझदारीको दिशामा पहिलो पाइलो थियो ।

सम्पादकको रुपमा आफ्नो काम चालु राख्नको लागि माक्र्सलाई ठूलो साहस, धैर्य र दृढताको आवश्यक प¥यो । राइन प्रान्तमा अझै नेपोलियन ऐन लागू थियो र प्रोइसेनका अन्य भागमा भन्दा यहाँ प्रेस स्वतन्त्रता बढी थियो, तापनि माक्र्स सेन्सरवालाहरु, सरकारी कर्मचारीहरु र पत्रिकाका सेयरहोल्डरहरुसँग दिनहुँ संघर्ष गर्न बाध्य हुनुहुन्थ्यो ।

“Rheinsiche Zeitung” को प्रवृत्ति र यस पत्रिकाको बढ्दो प्रभाव देखेर तर्सेको प्रोइसेन सरकारले पत्रिकामाथि कडा निगरानी राख्न थाल्यो र अन्त्यमा गएर १९ जनवरी १८४३ को दिन १ अप्रिल १८४३ देखि पत्रिकाको प्रकाशन बन्द गर्ने आदेश जारी ग¥यो । पत्रिकालाई बढी उदारवादी बनाउने सेयरहोल्डरहरुको प्रवृत्तिसँग आफ्नो असहमति जनाउँदै १७ मार्च १८४३ का दिन माक्र्सले पत्रिकाको सम्पादक मण्डलबाट राजिनामा गर्नुभयो ।

“Rheinsiche Zeitung” मा गरिएको कार्य वास्तविक जीवनसँग जर्मनीका श्रमिकहरुको सिथतिसँग प्रत्यक्ष सम्पर्क, फ्रान्स र बेलायतका सर्वहाराहरुका आन्दोलनको थालनी, समाजवादी साहित्यको अध्ययन आदि कुराले माक्र्समा निकै ठूलो परिवर्तन ल्याएको थियो । लेनिनको शब्दमा भन्ने हो भने, यसै बेलादेखि माक्र्सले आध्यात्मवादलाई छोडेर भौतिकवादतर्फ क्रान्तिकारी जनवादलाई छोडेर साम्यवादतर्फ अघि सर्न थाल्नुभएको हो ।”

“Rheinsiche Zeitung” पत्रिका बन्द गर्ने आदेश जारी भएपछि माक्र्सले जर्मनी छोड्ने अठोट गर्नुभयो । जर्मनीमा उहाँ वैज्ञानिक कार्य र पत्रकारिताको क्षेत्रमा कुनै पनि काम गर्न सक्नुहुन्थ्यो । तर यस निर्णयको अर्थ माक्र्सले राजनीतिक संघर्षको बाटो छोडिदिनुभयो भन्ने थिएन । अकर्मण्यता नै सबभन्दा घृणित मानव कमजोरी हो भन्ने धारणा राख्ने व्यक्तिले कदापि आत्मसमर्पण गर्न सक्दैन । माक्र्स त्यस्तो क्रान्तिकारी पत्रिका निकाल्ने योजना बनाउँदै हुनुहुन्थ्यो , जुन गुप्त तरिकाले जर्मनी पठाउन सकियोस् ।

हेगेलको कानुनी दर्शनको आलोचना

राज्य र कानुनबारे हेगेलको अध्यात्मवादी विचारधाराको पुनरावलोकन नगरी माक्र्सले उठाउनुभएको समस्याको वैज्ञानिक समाधान भेटाउन सकिन्नथ्यो । हेगेलको अध्यात्मवादी दर्शनको विरोध गर्ने पहिलो दार्शनिक लडभिग फायरवाख थिए । उनका पुस्तक ‘इसाई धर्मको सार (सन् १८४१) ले माक्र्सलाई निकै प्रभावित तुल्याएको थियो र भौतिकवादतर्फ आकर्षित गरेको थियो । तर फायरवाख प्राकृतिक घटनाहरुबारे मात्र भौतिकवादी दृष्टिकोण राख्थे । इतिहास, सामाजिक सम्बन्धहरु तथा राजनीतिसम्बन्धी सोचाइमा उनी अध्यात्मवादी नै रहे । फायरवाखका कृतिहरुको ठूलो मूल्यांकन गर्नुका साथै माक्र्सले उनको भोैतिकवादमा रहेका सीमितता र असंगति पनि पत्ता लगाउनुभएको थियो । फायरवाखको विपरित माक्र्सले प्रकृतिमात्र नभएर समाजलाई समेत अँगाल्ने एक सुव्यस्थित कर अखण्ड वैज्ञानिक विश्वदर्शन तयार पार्ने प्रयास गर्नुभयो ।

माक्र्सले सामाजिक घटनाहरुको विश्लेषणमा भौतिकवादी दृष्टिकोण लागू गर्नुभयो र भौतिकवादी विश्व दृष्टिकोणको विकास गर्नुभयो । उहाँभन्दा पहिले भौतिकवादी दृष्टिकोण यान्त्रिक तथा अधिभौतिकवादी चरित्रको हुने गथ्र्यो । विश्वलाई कुनै निश्चल र अपरिवर्तनशील कुराको रुपमा हेरिन्थ्यो । वैज्ञानिक तथ्यहरु, प्रकृतिशास्त्रका उपलब्धिहरुका आधारमा माक्र्सले हेगेलको द्वन्द्ववादको पुनरावलोकन गर्न थाल्नुभयो, भौतिकवाद र द्वन्द्ववादलाई एकवद्ध, अखण्ड वैज्ञानिक विश्व दृष्टिकोणको रुपमा विकसित गर्नुभयो ।

माक्र्सको हेगेलको कानुनी दर्शनको आलोचना पुस्तकको पाण्डुलिपि, यस कृतिका लागि उहाँले गर्नुभएको तयारीका साथसाथै यस अवधिमा उहाँले लेख्नुभएका पत्रहरुले माक्र्स कसरी माक्र्स बन्नुभयो अर्थात् विज्ञानको रुपमा समाजवादको संस्थापक बन्नुभयो भन्ने कुरा देखाउँछ । उहाँ भौतिकवादका पहिलेका सबै रुपहरुभन्दा अपरीमित रुपमा सारगर्भित र अतुलनीय रुपमा नियमित आधुनिक भौतिकवादको संस्थापक बन्नुभयो ।

पेरिसमा निर्वासन

“Deutsch-Franzoosische Jahrbucher” (जर्मन –फ्रान्सेली वार्षिक पत्रिका) को नामले निस्कने जर्मनी र फ्रान्सेली जनवादीहरुका मुखपत्रका रुपमा पत्रिका प्रकाशन गर्ने तयारी गर्न अक्टोवर १८४३ मा माक्र्स आफ्नी पत्नीसहित पेरिस आइपुग्नुभयो । पेरिस बसाई उहाँको जीवनमा नयाँ ज्ञान, नयाँ राजनीतिक अनुभवको स्रोत बन्यो ।

आफ्नो पेरिस वसाइको समायमा माक्र्सले न्यायप्रिय संघ का नेताहरुसँग र धेरैजसो फ्रान्सेली गोप्य मजदुर समाजहरुका नेताहरुसँग सम्बन्ध जोड्नुभयो, तर उहाँ आफै कुनै यस्तो संस्थाको सदस्य बन्नुभएन । उहाँले फ्रान्सेली समाजवादीहरु र कम्युनिष्टहरु लुई ब्लान, एटएन, काबे, प्येर लेरुका साथै प्येर जोजेफ प्रुडोनसँग चिनापर्जी गर्नुभयो । महान् जर्मन कवि हेनरख हाइनेसँग माक्र्सले मैत्री सम्बन्ध कायम गर्नुभएको थियो । पेरिसमा माक्र्सले बाकुनिन, बोतकिन तथा अन्य रुसी राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्नुभयो ।

मार्क्स एक बृहत् आर्थिक कृति लेख्ने तयारी गर्दै हुनुहुन्थ्यो । उहाँले बेलायतका शास्त्रीय बुर्जुवा राजनीतिक अर्थशास्त्रीहरु एडमस्मिथ र डेभिड रिकार्डो तथा अन्य अर्थशास्त्रहरुका कृतिहरुको आलोचनात्मक अध्ययन गर्नुभयो । उहाँले अझ जर्मनीमा नै महान् कल्पनावादी, समाजवादीहरु फ्रेन्च आनरी सेन–सिमोन र सार्ल फुरिये तथा अंग्रेजी रोबर्ट ओवेनका कृतिहरु अध्ययन गर्न थाल्नुभएको थियो, पेरिसमा उहाँले यो अध्ययन जारी राख्नुभयो । कल्पनावादी, समाजवादीहरुले पुँजीवादी समाजको निकै कडा र उचित आलोचना गरका थिए । तर उनीहरुले सामाजिक विकासका वस्तुपरक नियम पत्ता लगाउन सकेनन्, न त उनीहरुले नयाँ समाजको स्रष्टा बन्न समर्थ सामाजिक शक्तिको नै भेउ पाउन सके ।

फ्रेडरिक एंगेल्ससँग भेट र मित्रताको थालनी

सबभन्दा प्रगतिशील र सबभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गर्नुभएको मार्क्सले फ्रेडरिख एङ्गेल्सको रुपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेटाउनुभयो ।

त्यही राइन प्रान्तको बार्मेन सहरमा जन्मनुभएका एङ्गेल्स माक्र्सभन्दा दुई वर्ष कान्छो हुनुहुन्थ्यो । उहाँको पिता कपडा कारखानाको मालिक हुनुहुन्थ्यो । पिताको आज्ञाअनुसार एङ्गेल्सले स्कुल नसक्याईकनै उहाँको पसलमा काम गर्न थाल्नुभयो । केही समयपछि उहाँ ब्रेमनमा व्यापारिक अध्ययन गर्ने काममा लाग्नुभयो । तर यी अति प्रतिभाशाली, सूक्ष्मदर्शी र साहसी युवकलाई व्यापारी बन्ने कुरा पटक्कै रुचेको थिएन । मजदुर तथा कारिगरहरुको कठोर जीवनसँग परिचित भएपछि जसबारे १८ वषीय एङ्गेल्सले भुपेरतालको चिठी शीर्षक आफ्नो पहिलो लेखमा बढो प्रभावकारी तरिकाले वर्णन गर्नुभएको थियो ।

मार्च १८४२ देखि एङ्गेल्सले “Rheinsiche Zeitung” मा एक पक्का क्रान्तिकारी जनवादीका रुपमा नियमितरुपमा लेखहरु लेख्न सुरु गर्नुभयो ।

नोभेम्बर १८४२ मा मेनचेस्टरस्थित धागो कारखानाको अफिसमा काम गर्न एङ्गेल्स बेलायत जानुभयो । यस कारखानामा एङ्गेल्सको पिताको साझेदारी थियो । बाटोमा उहाँ क्योलन पस्नुभयो । यहाँ “Rheinsiche Zeitung” को कार्यालयमा माक्र्ससँग उहाँको पहिलो छोटो भेटघाट भयो ।

Freidrick Engels, with Karl Marx's family
कार्ल मार्क्सकाे परिवारसँग फ्रेडरिक एङ्गेल्स

यस अवधिमा एङ्गेल्सले लेख्नुभएका लेखहरु र “राजनैतिक अर्थशास्त्रको आलोचनाबारे केही खेस्राहरु” शीर्षक कृति पढ्दा उहाँ कसरी आफै, आफ्ना वैज्ञानिक एवम् व्यावहारिक अनुभवका आधारमा भौतिकवाद र साम्यवादको बाटोमा पुग्नुभयो भन्ने कुरा थाहा पाइन्छ । यी ‘खेस्राहरु’ मा एङ्गेल्सले बुर्जुवा राजनीतिक अर्थशास्त्रको आलोचना अर्थात् सर्वहारावर्गको दृष्टिकोणबाट पुँजीवादी व्यवस्थाजको आलोचना सुरु गर्नुभएको थियो । ‘जर्मन–फ्रान्सेली वार्षिक पत्रिका’ मा प्रकाशित यस कृतिले मार्क्सलाई निकै प्रभावित तुल्याएको थियो । मार्क्सको आर्थिक अनुसन्धानका लागि यो कृति प्रेरणाको नयाँ बन्न गयो ।

सन् १८४४ का आर्थिक एवम् दार्शनिक पाण्डुलिपिहरु मार्क्सका यी अनुसन्धानहरुको पहिलो फल थियो ।

‘राजनीतिक अर्थशास्त्रको आलोचनाबारे केही खेस्राहरु’ शीर्षक एङ्गेल्सको कृतिसँग माक्र्सको परिचयपछि उहाँहरुबीच पत्र व्यवहार सुरु भयो । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एङ्गेल्सले पेरिसमा मार्क्ससँग भेट गर्नुभयो । दस दिनको हाम्रो यो संसर्गमा, पछि गएर एङ्गेल्सले सम्झना गर्नुभएको थियो, “सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूर्ण एकमत देखापर्‍यो र त्यही बेलादेखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।”

माक्र्स र एङ्गेल्सको यो ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान् दिग्गजहरुको सहयोगको थालनी गर्‍यो । यस सहयोगले मजदुरवर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीति र कार्यनीतिको जग बसालेको थियो ।

‘पवित्र परिवार’ वैज्ञानिक विश्वदृष्टिकोणको आधार

पेरिसमा मार्क्स र एङ्गेल्सको भेट भएपछि उहाँहरुले सँगै मिलेर काम गर्न थाल्नुभयो । उहाँहरुले एक संयुक्त कृति लेख्ने काम सुरु गर्नुभयो र फेबु्रअरी १८४५ मा यो कृति प्रकाशित भयो । यस कृतिको व्यंग्यात्मक शीर्षक राखिएको थियो– ‘पवित्र परिवार’ अथवा ‘आलोचनात्मक आलोचनाको आलोचना । बु्रनो बनाएर र मित्रमण्डलीको विरुद्ध’ । मार्क्सले नै यस कृतिको मुख्य अंश लेख्नुभएको थियो र आफ्नो विगत अनुसन्धानका नतिजाहरुको उपयोग गर्नुभएको थियो ।

महान् व्यक्तिहरुले नै इतिहासको सिर्जना गर्दछन् भन्ने धारणा राख्ने बु्रनो बनाएर र उनका मतियारहरुको व्यक्तिवादी – आदर्शवादी दृष्टिकोणको आलोचना गर्दै मार्क्स र एङ्गेल्सले ऐतिहासिक भौतिकवादको एक मुख्य प्रस्थापना अघि सार्नुभयो– महान् व्यक्तिहरु होइनन्, जनता नै इतिहासका वास्तविक स्रष्टा हुन् । ऐतिहासिक विकासको सिलसिलामा व्यापक जनसमुदाय ऐतिहासिक प्रक्रियाका चेतनशील तथा सक्रिय कार्यकर्ता बन्दै जान्छन् । लेनिनले यस प्रस्थापनालाई ठूलो महत्त्व दिनुभएको थियो र ऐतिहासिक भौतिकवादको सबभन्दा गहन र सबभन्दा महत्त्वपूर्ण प्रस्थापना हो’ भन्नुभएको थियो ।

‘पवित्र परिवार’ मा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिका र उनको यस भूमिकाको सामाजिक एवम् आर्थिक पृष्ठभूमिबारे मार्क्स र एङ्गेल्सको दृष्टिकोणको झण्डै परिपक्व रुप लिइसकेको थियो ।

सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकासम्बन्धी यो सिद्धान्त त्यो आधारशीला थियो, जसमा वैज्ञानिक साम्यवादको सुसंगत सिद्धान्तरुपि भवनको सिर्जना भएको छ । लेनिनले लेख्नुभएको थियो, “समाजवादी समाजका निर्माताको रुपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको अभिव्यक्ति नै मार्क्सको सिद्धान्तको मुख्य उपलब्धि हो ।”

‘पवित्र परिवार’ मा नयाँ क्रान्तिकारी – भौतिकवादी विश्व दृष्टिकोण सर्वहारा विचारधाराको जग बसालिएको थियो । ३ फ्रेब्रुअरी १८४५ मा मार्क्स पेरिसबाट ब्रसेल्सतर्फ रवाना हुनुभयो । केही समयपछि नौ महिने छोरी जेनीसहित उहाँकी जीवनसंगिनी जेनी मार्क्स पनि ब्रसेल्स जानुभयो । बसाईं सर्नका लागि मार्क्सकी पत्नी सब सरसामान नाम मात्रको मोलमा बेच्न बाध्य हुनुभयो ।

ब्रसेल्समा निर्वासन

ब्रसेल्समा मार्क्स र उहाँको परिवारसमक्ष रोजिरोटीको सवाल टड्कारो रुपमा खडाभयो । फ्रेडरिक एङ्गेल्स उहाँलाई मद्दत गर्न तम्सिनुभयो । साथीहरु र सहयोगीहरुसँग बटुलेर उहाँले मार्क्सलाई केही पैसा पठाउनुभयो । आफ्नो पुस्तक ‘बेलायतमा मजदुर वर्गको अवस्था’ का लागि पाइने पारिश्रमिकको एक हिस्सामात्र भए पनि उहाँले छिट्टै पाउनुपर्थ्यो । मार्क्सलाई लेख्नुभएको पत्रमा एङ्गेल्सले यो रकम पनि सहर्ष उहाँलाई पठाउने आश्वासन दिनुभएको थियो । एङ्गेल्सको आत्मत्यागमय सहयोगको यो पहिलो ज्वलन्त उदाहरण थियो । यस सहयोगले मार्क्सको सम्पूर्ण जीवनमा अमूल्य भूमिका खेल्यो ।

प्रोइसेन सरकाले बेल्जियममा पनि मार्क्सको पिछा गर्न छाडेन । प्रोइसेन सरकार ब्रसेल्सबाट उहाँको निर्वासन गराउने कोसिस गर्दैछ भन्ने कुरा थाहा पाउनु भएपछि मार्क्सले डिसेम्बर १८४५ मा प्रोइसेन नागरिकता त्याग्न बाध्य हुनुभयो ।

सन् १८४५ को अप्रिल महिनाको सुरुतिर एङ्गेल्स पनि ब्रसेल्स आइपुग्नुभयो । उहाँले आफ्नो अमूल्य पुस्तक ‘बेलायतमा मजदुरवर्गको अवस्था’ पूरा गरिसक्नुभएको थियो । यस पुस्तकमा प्रशस्त ठोस सामग्रीहरु थिए र बेलायती मजदुरहरुको संघर्षको अनुभवबाट ठोस निष्कर्षहरु निकालिएका थिए । सर्वहारा वर्गको विश्व ऐतिहासिक भूमिकाबारे मार्क्स र एङ्गेल्सले प्रस्तुत गर्नुभएको विचारलाई यस पुस्तकले ठोस ऐतिहासिक आधारमा पुष्टि गरेको थियो ।

ब्रसेल्समा मार्क्ससँग भएको आफ्नो भेटबारे सम्झना गर्दै एङ्गेल्सले लेख्नुभएको थियो, “सन् १८४५ को वसन्तमा ब्रसेल्समा हाम्रो भेट हुँदा मार्क्सले … इतिहासको भौतिकवादी सिद्धान्त मूलरुपमा तयार पारिसक्नुभएको थियो र हामी यस नयाँ विचारधारालाई कसरी विभिन्न क्षेत्रमा विकसित तुल्याउँदै लैजाने हो भन्नेबारे विस्तृत योजना तयार पार्नपट्टि लाग्यौं ।”

फायरबाखसम्बन्धी प्रस्थापनाहरु

‘फायरबाखसम्बन्धी प्रस्थापनाहरु’ एङ्गेल्सको भनाइअुनसार त्यो पहिलो दस्तावेज थियो, जसमा ‘नयाँ विश्व दृष्टिकोणको प्रतिभासम्पन्न प्रारम्भिक चरण’ अंकित भएको थियो । यी प्रस्तापनाहरु मार्क्सले सन् १८४५ को वसन्तमा आप्mनो नोटबुकमा लेख्नुभएको थियो । सन् १८८८ मा एङ्गेल्सले यी प्रस्थापनाहरुको प्रकाशन गर्नुभयो ।

फायरबाखले समाजबोधमा भौतिकवादको प्रयोग गर्न जानेनन्, मानवलाई अमूर्त रुपमा, समाज र इतिहासबाट छुट्याएर हेरे–यसैमा माक्र्सले उनको ठूलो कमजोरी देख्नुभएको थियो । वास्तवमा चाहिँ मार्क्सले लेख्नुभएको थियो – “समस्त सामाजिक सम्बन्धहरुको जोड नै मानवसार हो ।”

फायरबाखको दृष्टिकोणबाट मात्र नभएर अघिका सबै दार्शनिक विचारधाराबाट समेत आफ्नो नयाँ विश्वदर्शन मूलतः सैद्धान्तिकरुपमा फरक छ भन्नेकुरा माक्र्सले अन्तिम प्रस्थापनामा अत्यन्त सूक्ष्मरुपले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्थापनामा भनिएको छ, “दार्शनिकहरुले विभिन्न तरिकाले विश्वको व्याख्या गरे, तर विश्वललाई बदल्नु नै हाम्रो मुख्य कार्यभार हो ।

बेलायत भ्रमण

नयाँ विश्व दृष्टिकोण तर्जुमा गरिहाल्नुभन्दा पहिले माक्र्स र एङ्गेल्सले सन् १८४५ को १२ जुलाईदेखि २१ अगस्तसम्म बेलायतको भ्रमण गर्नुभयो ।

जर्मन विचारधारा

‘जर्मन विचारधारा’ मा ऐतिहासिक भौतिकवादका मुख्य–मुख्य प्रस्थापनाहरु पहिलोपटक प्रस्तुत गरिएका थिए । मार्क्सको यस महान् आविष्कारले दर्शनशास्त्रले, समाज र सामाजिक विकासमा नियमहरुको अध्ययन क्रान्तिकारी मोड ल्याएको थियो । यस आविष्कारले इतिहासलाई एक सच्चा विज्ञानमा परिणत गर्‍यो । अब अतितको अध्ययन गर्नु, वर्तमानलाई बुझ्नु र भवियको अनुमान गर्नु सम्भव हुन गएको थियो । जर्मन विचारधारामा मार्क्सवादी दर्शनको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जग बसालियो । भौतिकवादलाई द्वन्द्ववादसँग जोडेर मार्क्सले पहिलोपल्ट यसलाई प्रकृतिको मात्र नभएर मानव समाजको अध्ययनमा पनि लागू गर्नुभयो । लेनिनको भनाइअनुसार ऐतिहासिक भौतिकवाद ‘वैज्ञानिक चिन्तनको महानतम उपलब्धि’ थियो ।

भौतिकवादी विश्व दृष्टिकोणलाई अखण्ड, पूर्णरुप दिने मार्क्सको महान् आविष्कारले समाजवादलाई कल्पनावादबाट विज्ञानमा परिणत गर्ने प्रक्रियामा अति महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

सन् १८४७ मा लण्डनमा सम्पन्न कम्युनिष्ट लिगको दोस्रो महाधिवेशनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सलाई कम्युनिष्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मेवारी सुम्प्यो । मार्क्स–एंगेल्सले एक वर्ष लगाएर कम्युनिष्ट पार्टीको घोषणापत्र तयार पार्नु भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट मार्क्स-एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । त्यस पश्चात विश्व सर्वहारावर्गले मार्क्सवादका रूपमा, मार्क्सवादी दर्शनको रूपमा आफ्नो मुक्तिको सैद्धान्तिक अस्त्र प्राप्त भयो । यस विषयमा मार्क्स स्वयंले भन्नुभएको छ – “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” दर्शनका विषयमा मार्क्सले “प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्त्व हो” भन्नु भएको छ ।

मार्क्सवाद र मार्क्सवादी दर्शनमा सर्वहारावर्गले संसारलाई ठिक सित बुझाउने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्र का रूपमा भेटाएको सन्दर्भमा यसको महत्वको बारेमा लेनिन अगाडि लेख्नुहुन्छ, “मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।”

वास्तवमा मार्क्सको दर्शन सर्वहारावर्ग र त्यसका राजनीतिक तथा सैद्धान्तिक प्रतिनिधिहरूको हातमा एउटा प्रभावशाली र शक्तिशाली हतियार सावित भएसके पछि त्यसमा द्वन्द्वात्मक भौतिकवाद भनिएको उक्त दर्शन सम्पूर्ण मार्क्सवादी सिद्धान्तको आधार बन्न पुगको सन्दर्भमा मार्क्सवादको दार्शनिक पक्षको महत्वलाई माओ अगाडि लेख्नुहुन्छ, “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छं मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि यसलाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि, थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्नेछन् ।”

मार्क्स–एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी भए पश्चात तत्कालीन दुनीयाँमा हलचल पैदा गरि दियो । यस विषयमा कम्युनिष्ट घोषणापत्रको शुरुमै माक्र्सले लेख्नुभएको छ – “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।

कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?

तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”

विश्वविख्यात कम्युनिष्ट घोषणपत्रको मस्यौदा तयार पारेर जसरी घोषणा समेत स्वयं मार्क्स-एंगेल्स गरेर मार्क्सवाद र मार्क्सवादी दर्शनका क्षेत्रमा माक्र्स–एंगेल्सले ज्यादै महत्वपूर्ण र अतुलनीय योगदान गर्नु भयो ।

मुख्यतः कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स दुवैको संयुक्त प्रयासबाट माक्र्सवादको प्रतिपादन भयो । यस विषयमा लेनिनले अगाडि लेख्नु हुन्छ, “माक्र्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो । उन्नाइसौं शताब्दिमा माक्र्सवादका तीन संघटकतत्वको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरू शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरूसंग संलग्न फ्रान्सेली समाजवादलाई मार्क्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।”

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाज साम्यवाद यसका आधारभूत मान्यता हुन् भन्ने कुरा विज्ञानद्वारा मार्क्सले निक्यौल गरेर, माक्र्सवाद तथा माक्र्सवादी दर्शनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउनुभयो ।

यस अतिरिक्त कार्ल मार्क्सले लगातार १५ वर्ष लगाएर महान् कृति ‘पूँजी’ लेख्नु भएको थियो । विश्व सर्वहारावर्गका महान् नेता कार्ल मार्क्स शुटमा तरुण हेगेल्सपन्थीका सम्पर्कमा रहनु भयो । सन् १८४१ मा डेमोक्रेटिक्सको प्रकृति दर्शन र एपिक्युरसको प्रकृति दर्शनका वीचको अन्तर भन्ने विषयमा डाक्टर विद्यावारिधिको उपाधि पाउनु भएको थियो । सन् १८४४ मा फायरवाखको भौतिकवादी दर्शनको वाटो हुँदै क्रान्तिकारी जनवादबाट सर्वहारा विश्वदृष्टिकोणमा संक्रमण र पहिलो लेखको रूपमा हेगेलको न्याय दर्शनको समिक्षा र यहुदी प्रश्नको सम्बन्ध भन्ने लेखमा समाजमा सर्वहारावर्गको भूमिका के हुनुपर्छ भन्ने वारे प्रष्ट पारेका थिए । सन् १८४४ मा आर्थिक, दार्शनिक पाण्डुलिपीहरू, सन् १८४५ मा एंगेल्ससँग पवित्र परिवार फायरवाद माथि एउटा निबन्ध सन् १८४५ मा जर्मन विचारधारा नामक कृति मार्क्स-एंगेल्सले लेख्नु भएको थियो । सन् १८४७मा पियरे प्रुँधोद्वारा लिखित मार्क्सवाद विरोधी दरिद्रहरूको दर्शन को खण्डन गर्दै दर्शनको दरिद्रता सन् १८४८मा कम्युनिष्ट घोषणापत्र जस्ता महत्वपूर्ण कृतिहरूको रचना गर्नु भएको थियो । त्यस्तै सन् १८४८–१८५० मा फ्रान्समा वर्ग संघर्ष, सन् १८५० मा वुर्जुवा राजतन्त्र ध्वंस हुनुपर्ने अपरिहार्य आवश्यकताको सम्बन्धमा लूइबोनापार्टको १८ औं ब्रुमेर, सन् १८५२ मा ‘गोथाकार्यक्रमको आलोचना’ र सन् १८७५ मा पेरिस कम्युनजस्ता महत्वपूर्ण कृतिहरूको रचना गर्नु भयो । सन् १८६७ मा मार्क्सले पूँजी को रचना गर्नु भयो । यस महान् ग्रन्थको तेस्रो खण्डको प्रकाशन भने सन् १८८३ मार्क्सको मृत्युको दुई वर्षपछि सन् १८८५ मा एंगेल्सले प्रकाशित गरि दिनु भयो ।

आज मार्क्सको मृत्यु भएको १३५ वर्ष पूरा भएको छ भने एंगेल्सको मृत्यु भएको १२३ वर्ष पुरा भइसकेको छ । र, मार्क्सको जन्म भएको २०० वर्ष पुरा भइसकेको छ र विश्वभरका सर्वहारा श्रमजीवी वर्गले मार्क्सको २०० औं वर्ष गाँठ मनाइरहेका छन् । “मान्छेले मान्छेमाथि गर्ने सबै खाले शोषण, उत्पीडनको सदाको लागि अन्त्य गर्ने” महान विचार दिनु हुने मार्क्स-एंगेल्सको प्रासंगिकता आज पनि उत्तिकै छन् र मानव जातिले मानववाटै हुने सबैखाले शोषण उत्पीडनको अन्त्य नभएसम्म रहिरहने छ ।

विश्वका तमाम खाले बौद्धिक एवं दार्शनिक सर्वेक्षणले माक्र्सलाई सन् १००० देखि २००० सम्मको अवधिका सहस्राब्दी पुरुष मानेका छन् ।

विश्व सर्वहारावर्गका महान गुरु तथा नेता र वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सले सन् १८८३ माक्र्स १४ का दिन दिउँसो २ बजेर ४५ मिनेट जाँदा अन्तिम स्वास फेरेर भौतिक रूपमा यस धरतीबाट विदा लिनु भएको थियो ।

अभाव र गरिबीका कारण माक्र्सका छोराछोरीहरूले अकालमै मृत्युको सिकार बन्नुपरेको थियो । सन् १८५० मा सानो छोरा गिदो, सन् १८५२ मा साहिँली छोरी फ्रान्चिस्का (१ वर्षको उमेरमा) सन् १८५५मा जेठो छोरा एडगार(८ वर्षको उमेरमा) र सन् १८८३ मा जेठी छोरी जेनी (३८) वर्षको उमेरमा मृत्यु भएको थियो । यसरी निर्वासनमा बस्दा जीवनका हरेक मोडमा आइपर्ने आँधीबेहरीपूर्ण समस्याहरुलाई समेत छिचोल्दै मार्क्सले एङ्गेल्सको सहयोगमा विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र मार्क्सवाद र यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद दिएर विश्व मानव समुदायलाई अतुलनीय योगदान गर्नुभएको छ ।