१. नेपालका कतिपय राजनीतिक पार्टीहरू त्यसका केही कुबेरहरूको लगानीबाट चले पनि (विद्रोहका लागि) हतियार किन्ने जस्ता ठुला खर्च जुटाउन जहाज अपहरण गर्ने जस्ता काम गर्न वाध्य भएका थिए । कतिपय अरु पार्टीहरूले यसैका लागि (क्रान्ति गर्नका लागि) बैङ्क आदि लुट्ने र धनाढ्यहरूबाट दबाबमूलक चन्दा र दण्ड-जरिवानाहरू असुल्ने कामहरू...बाँकी
सभामुख महोदय, अविरल वर्षा बाढीपहिरोका कारण चितवन नारायणगढ र मुग्लिनको बीचमा पर्ने सिमलताल, कास्की, म्याग्दी लगायतका स्थानमा ठूलो धनजनको क्षति भएको छ । त्यसैगरी केही समयदेखि चट्याङबाट पनि जनधनको क्षति भएको छ । त्यसको उद्धार, राहत र उपचारका निम्ति नेपाल सरकारको तर्फबाट निर्देशित गर्दछु । प्राकृतिक विपत्तिमा परी...बाँकी
प्यालेस्टाइनको प्रतिरोधी संगठन, धार्मिक आन्दोलन तथा शासक दलका नेताका रूपमा इस्माइल हानिया हमासमा एक सर्वस्वीकार्य नेता मानिन्थे । अब उनको इजरायलद्वारा गरिएको नियोजित हत्यापछि प्यालेस्टाइन र मध्यपूर्वको स्थिति के होला ? एउटा अनिश्चयको घडी पैदा भएको छ । कतिपयले प्यालेस्टिनीहरूको यस्तो स्वीकार्य राजनीतिक एकताको सम्भावना समाप्त भएको सन्देह...बाँकी
किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका...बाँकी
संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फर्छ्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खाली हुँदैन । अन्तरविरोध अनेकौँ...बाँकी
सरकार, भ्रष्टाचारीलाई जेलमा पुर्याउँदै गर्दा ढल्यो देशवासीले सुशासनको अपेक्षा गर्दैगर्दा ढल्यो, खराब अर्थतन्त्रमा सुधार हुँदै गर्दा ढल्यो बेइमानी र बेथिति विरुद्ध प्रहार गर्दैगर्दा ढल्यो । असंवैधानिक कदम चाल्दा अदालतको आदेशले ढल्नु परेन भ्रष्टचारीको सलाम खाएर बद्नाम हुँदै बस्नु परेन, अनुहारमा अपराधको कालो धब्बा बोकेर हिँड्न परेन बेइमान र...बाँकी
आधारभूत सिद्धान्तका दृष्टिले सबै देशका कलाकार्यमा समानता पाइन्छ । तर, रूप र शैलीमा भने भिन्नता हुने गर्दछ । विभिन्न समाजवादी देशहरूका कलामा निहित अन्तर्वस्तु समाजवादी नै हुने गर्दछ । तर हरेक देशको आफ्नै राष्ट्रिय चरित्र हुन्छ । तिनीहरूबिच समानता र भिन्नता, समान पक्ष र निजत्वका आफ्नै विशिष्ट पक्षहरू...बाँकी
प्यारो प्यालेस्टाइन, फेरि एकपटक तिमीले विश्वलाई देखाइदियौ । पद, पैसा र प्रतिष्ठाको भोकले लम्पट भएर सुतेको यो धरतीलाई मुक्ति या मृत्यूको बिगुल फुकेर फेरि एकपटक तिमीले झक्झकाइदियौ । आत्मस्वार्थको जञ्जालमा जेलिएर स्वयम्मा बन्दी बनेको मानव समुदायलाई मुक्तिबोधको बिराट सन्देश दिएर फेरि एकपटक तिमीले ब्युँझाइदियौ । आडम्बरले आँखा छोपेर...बाँकी
बन्दी कमरेडको कागजको ब्ल्याङ्केट पुराना कागजहरू र नयाँ पुस्तकहरू सँगै थुप्रिएका छन् । ओड्ने नै नहुनुभन्दा त बरु कागजकै ब्ल्याङ्केट राम्रो छ । रत्नजडित सयनकक्षमा सुत्नेहरू हो, के तिमीले कहिल्यै सोच्न सक्छौँ ती कैदीहरूको बारेमा जो एक झप्को पनि निदाउन सक्दैनन् ? चिसो रात चिसो शरदको रातमा, न...बाँकी
नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले 'यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले", यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो । केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन...बाँकी