Flash News

प्रचण्डसित बदला लिन ओलीसँग मिल्ने कुरालाई सही भन्न सकिन्न – क. मोहनविक्रम सिंह

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार २० गते बिहीवार

प्रचण्डसित बदला लिन ओलीसँग मिल्ने कुरालाई सही भन्न सकिन्न – क. मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री प्रचण्डसित बदला लिने नाममा ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले सही भन्न नसकिने बताउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रचण्डलाई धोका दिएकाले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने बताउनुभएको छ । २०८१ असार १९ गते बसेको नेकपा (मसाल) को...बाँकी

प्रधानमन्त्रीको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार २० गते बिहीवार

प्रधानमन्त्रीको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबिचको भेटवार्ताबारे भ्रम फैलाइएको बारे प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । आज बिहिवार एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...बाँकी

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

क. निर्मल लामा २०८१ असार १९ गते बुधवार

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच...बाँकी

महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने छौँ – क. अग्निप्रसाद सापकोटा

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार ६ गते बिहीवार

महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने छौँ – क. अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख क. अग्नीप्रसाद सापकोटाले महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको र समाजवादी व्यवस्था कम्युनिस्टहरूको बलियो उपस्थितिमा मात्रै सम्भव हुने कुरा बताउनु भएको छ । बिहिवार...बाँकी

क. कृष्ण केसीको पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’: महान्‌ जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण

क. नहेन्द्र खड्का २०८१ जेठ २७ गते आइतवार

क. कृष्ण केसीको पुस्तक ‘नेपाली क्रान्तिको आँखीझ्याल’: महान्‌ जनयुद्धको ऐतिहासिक दस्तावेजीकरण

नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी

राज्य र सामाजिक क्रान्ति

क. ऋषिराम शर्मा २०८१ जेठ २५ गते शुक्रवार

राज्य र सामाजिक क्रान्ति

राज्यको जन्म र विकास राज्य भनेको सत्ता हो। वर्गीय हित रक्षाका लागि विरोधी वर्गमाथि नियन्त्रण र दमन गर्ने राजनैतिक संगठन हो । लेनिनले राज्यलाई 'वर्गीय दमनको हतियार र असाध्यवर्गहरूको उपज' भन्नुभयो (Lenin's State and Revolution, Selected Works. p. 265. Published Moscow 1977) । राज्यको उदय समाजका वर्गहरूको विभाजित भएका...बाँकी

सिमोन : दासत्वलाई नियति मानेर बस्ने छुट छैन

एलिस स्वेर्जर २०८१ जेठ २४ गते बिहीवार

सिमोन : दासत्वलाई नियति मानेर बस्ने छुट छैन

सिमोन द बोवुआरसँग मेरो पहिलो भेट सन् १९७० मा भएको हो । जाँ पाल सार्त्रको अन्तरवार्ता लिन गएको समयमा सिमोनसँग पहिलो पटक दोहोरो देखाभेट भयो । सन् १९७० को दशकमा अर्धसैनिक अदालतमा विद्रोही माओवादी, विद्यार्थी र आन्दोलनकारीहरूमाथि विभिन्न मुद्दा चलाइएका थिए । राजनीतिक माहोल अस्थिर भएको समय थियो...बाँकी

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’द्वारा संसदसमक्ष आ.व. २०८१-८२ को बजेट प्रस्तुत, कृषि र किसानलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०८१ जेठ १५ गते मंगलवार

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’द्वारा संसदसमक्ष आ.व. २०८१-८२ को बजेट प्रस्तुत, कृषि र किसानलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)का...बाँकी

भारत एक शोध

भरत पोखरेल २०८१ जेठ ४ गते शुक्रवार

भारत एक शोध

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु नाम चलेका लेखक पनि थिए । उनले धेरै पुस्तक लेखेका छन्, जसमा एउटा भारत एक खोज (द डिस्कभरी अफ इण्डिया) पनि चर्चित पुस्तक मानिन्छ । यसै पुस्तकसँग अनुप्रास मिलाउन मैले यहाँ 'भारत एक शोध' शीर्षक राखेको हुँ । भारतमा अहिले १८औँ लोकसभाका लागि...बाँकी

आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर

सिमोन द बोवुआर २०८१ वैशाख २४ गते सोमवार

आफ्नै पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’बारे सिमोन द बोवुआर

एलिस स्वेर्जरले किताबको रूप दिएका यी कुराकानी सन् १९७२ को सुरूवात र सन् १९८२ सेप्टेम्बरबिचका हुन् । हाम्रो मित्रता व्यक्तिगत र नारीवादी दुवै हो । यही कारण त एलिसले मलाई मेरो रूचि र वैचारिक अन्तरजगत्‌सँग जोडिएका प्रश्न सोधिन् । र, मैले पनि बिना हिचकिचाहट स्पष्ट जवाफ दिएँ ।...बाँकी