किम जोङ उन, Marshal Kim Jong Un
 

(साम्राज्यवादका दलालहरू र पुँजीवादपरस्त कर्पोरेट मिडियाले ‘भोकमरीको देश’का रूपमा चित्रित गर्न लाखौँ प्रयत्न गरे पनि संसारलाई चकित पार्ने गरी महाशक्ति निमार्णको दिशामा अगाडि बढिरहेको, आफूलाई विश्वपुँजीवादको नेतृत्वकर्ता र एक मात्र महाशक्ति ठान्ने अमेरिकी साम्राज्यवादलाई सिधा–सिधा चुनौती दिँदै समाजवादका अभ्यासहरूलाई निरन्तर अगाडि बढाउँदै लगेको एसिया महादेशमा अवस्थित सानो तर शक्तिशाली देशका रूपमा रहेको प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, कोरियाली जनता र त्यहाँको पार्टी तथा सरकारको आधिकारिक अवधारणाका बारेमा जान्न इच्छुक नेपाली पाठकहरूलाई मद्दत पुगोस् भन्ने हेतुले हामीले यस अङ्कमा कोरियाली श्रमिक पार्टीका प्रथम सचिव, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रप्रमुख तथा राष्ट्रिय प्रतिरक्षा आयोगका प्रथम अध्यक्ष एवम् कोरियाली जनसेनाका सर्वोच्च कमान्डर कमरेड किम जोङ उनले नयाँ वर्ष २०१५ को उपलक्ष्यमा राष्ट्रवासीका नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ प्रस्तुत गरेका छौँ । – सम्पादक)

प्रिय कमरेडहरू !

हामीले सन् २०१४ लाई एउटा यस्तो वर्षका रूपमा बिदा गर्यौँ, जसमा महान् प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको त्यो भावना र प्रतिष्ठालाई प्रस्ट ढङ्गले प्रदर्शन गर्यौँ, जुन छलाङ मार्दै अग्रगति लिन्छ र विजयका लागि दृढतापूर्वक अगाढि बढ्छ । हामीले आशाहरूले भरिपूर्ण नयाँ वर्ष २०१५ लाई स्वागत गर्दै छौँ ।

सम्पूर्ण राष्ट्रसेवकहरू र जनताको असीमित बफादारितालाई प्रतिबिम्बित गर्दै म हाम्रा जनताका चीरकालीन नेताहरू तथा जुछेका सौर्यहरू राष्ट्रपति किम इल सुङ र जनरल किम जोङ इलप्रति उच्च सम्मान अर्पित गर्दछु र नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।

म क्रान्तिकारी विश्वास र देशभक्तिपूर्ण उत्साहसँगै निष्ठापूर्वक देशको गौरव र समृद्धिका लागि अनवरत रूपमा प्रयत्नरत सम्पूर्ण राष्ट्रसेवकहरू तथा जनताप्रति नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै, म देशभरका सम्पूर्ण परिवारहरूमा सर्वत्र खुसी छाओस् र हाम्रा प्यारा बालबालिकाहरूको भविष्य उज्ज्वल बनोस् भन्ने कामना गर्न चाहन्छु ।

मेरो नयाँ वर्षको शुभकामना दक्षिण (कोरिया) र विदेशमा रहेर राष्ट्रिय एकता र पुनर्एकीकरणका निम्ति सङ्घर्षरत हाम्रा देशवासीहरू, संसारभरका प्रगतिशील जनता र स्वतन्त्रता तथा शान्तिपश्चात् प्रगतितर्फ लम्किरहेका अन्य विदेशी मित्रहरूमा पनि पुगोस् ।

अघिल्लो वर्ष एउटा शानदार विजयको वर्ष थियो, जसमा समृद्ध राष्ट्र निर्माणको सङ्घर्षमा तीव्रतापूर्वक अन्तिम विजय प्राप्त गर्नका निम्ति आवश्यक सबै किल्लाहरूमा रहेका आधारहरूलाई सुदृढ रूपले एकताबद्ध गरिएको थियो र पार्टीको नेतृत्वमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको अजेय पराक्रमको प्रदर्शन गरिएको थियो । अघिल्लो वर्ष सिङ्गो पार्टी र आमजनताको सौहार्दता सुदृढ भएको थियो र क्रान्तिकारी पङ्क्तिको शुद्धता र पराक्रमलाई सशक्त बनाइएको थियो ।

जति–जति दिनहरू बित्दै गएका छन्, त्यति–त्यति नै हाम्रा राष्ट्रसेवकहरू र जनताको हाम्रा राष्ट्रपति र जनरलप्रतिको उत्कट भावना अझ बढी प्रगाढ हुँदै गएको छ र जसले प्रेमयुक्त बफादारिता तथा महान् नेताहरूका योजनाहरू र आकाङ्क्षाहरूलाई वास्तविकतामा रूपान्तरण गर्ने नैतिक जिम्मेवारीको विशुद्ध भावना प्रकट गरिरहेका छन् । जनता र नयाँ पुस्तालाई माया गर्ने हाम्रो पार्टीको राजनीति एवम् विज्ञान तथा शिक्षाको महत्त्वलाई जोड दिइरहने यसको नीति वास्तविकतामा मूर्तीकृत भएका छन् र त्यसले पार्टीमाथि जनताको विश्वासलाई गहिरो बनाएको छ भने हाम्रो एउटै ढुकढुकीसहितको एकतालाई मजबुत बनाएको छ । शिक्षालाई क्रान्तिकारी परम्पराले सुसज्जित गर्ने अभियानअनुरूप माउन्ट पेक्तु क्षेत्रका क्रान्तिकारी युद्धक्षेत्रहरूको अध्ययन भ्रमणले सम्पूर्ण सैन्य क्षेत्र र सिङ्गो समाज पाएक्तु पर्वतको आत्मा र साहससँगसँगै धड्किन पुगेको छ, दृढतापूर्वक जुर्मुराएको छ र जुछेको पवित्र क्रान्तिकारी लक्ष्यतर्फ अगाडि बढ्ने इच्छाशक्ति प्राप्त गरेको छ ।

गत वर्ष जनसेनाको युद्धकौशल उल्लेख्य रूपमा अभिवृद्धि भएको छ र राष्ट्रिय प्रतिरक्षा क्षमता पनि सुदृढ भएको छ । सेनाले राजनीतिक एवम् वैचारिक कामहरूलाई सकरात्मक ढङ्गले सम्पन्न गर्नुका साथै युद्धावस्थाका प्रशिक्षणहरूको ज्वाला दन्काएको हुनाले यसका सबै अधिकारीहरू, सिपाहीहरू एवम् सैन्य तथा सेवाका एकाइहरू विचार एवम् विश्वासमा सुदृढ भए । र, कुनै पनि परिस्थिति तथा अवस्थाहरूमा युद्धको लक्ष्य र कारबाहीलाई कुशलतापूर्वक सम्पन्न गर्न सक्षम अजेय सेनाका रूपमा आफ्नो तयारी पुरा गरे । सम्पूर्ण सैन्य क्षेत्रमा फलामे सैन्य अनुशासन स्थापित गरियो र सैनिकहरूको जीवनमा सुधारका अभूतपूर्व सफलताहरू हासिल गरियो । रक्षा उद्योगको क्षेत्रले विकास गर्यो र हाम्रो शैलीका विभिन्न प्रकारका सैन्य आक्रमणका साधनहरूको निर्माण गरेर क्रान्तिकारी सैन्य शक्तिहरूको गुणात्मक विकासमा मूर्त रूपले योगदान गर्यो ।

गत वर्ष हामीले सेना र जनताको संयुक्त अभ्यासमा समाजवादी आर्थिक महाशक्ति र सभ्य राष्ट्र निर्माण गर्ने दिशामा महान् प्रगति हासिल गर्यौँ । कठिन परिस्थिति र प्रतिकूल अवस्थाहरूमा समेत, गत वर्ष आर्थिक महाशक्ति निर्माण गर्ने र जनताको जीवनस्तर सुधार गर्ने दिशामा एउटा उज्ज्वल सम्भावनाको ढोका खुलाउँदै कृषि, मत्स्य रसायन र कोइला उत्खनन् उद्योग लगायतका विभिन्न क्षेत्रहरूको उत्पादनमा एउटा ऊध्र्वगामी छलाङ हान्यौँ । निर्माण क्षेत्रले विसोङ्ग वैज्ञानिकहरूको आवासीय क्षेत्र, किम चायक प्रविधि विश्वविद्यालयका प्राध्यापकहरूका निम्ति आवासगृहहरू, योन्फुङ वैज्ञानिकहरूको आरामगृह (होलिडे क्याम्प) र अक्टोबर ८ उद्योगसहितका जुछे–उन्मुख वास्तुकला (आर्किटेक्चर) का मापदण्डहरू र नमुनाहरूको काम गर्ने विभिन्न स्मारक संरचनाहरू निर्माणमा ‘कोरियाली गति’ सृजना गर्ने प्रचण्ड अग्निज्वाला सल्कायो र त्यसबाट प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्ना सुन्दर आदर्शहरूलाई यथार्थमा बदलेर वास्तवमै आफ्नो सौन्दर्य प्रदर्शन गर्यो । समृद्ध राष्ट्र निर्माणमा जुटेका राष्ट्रसेवकहरूले उत्पादन, निर्माण र आधुनिकीकरणमा क्रमभङ्ग गरेका छन् र ‘सय–बराबर एक्लै हुने’ लडाकु भावना तथा पार्टी नीतिलाई निष्ठापूर्वक लागु गर्दै उत्कृष्ट नमुना एकाइहरूको रचना गरेका छन् ।

हाम्रा खेलकर्मीहरूले देशको गरिमालाई उँचो राख्नलाई १७ औँ एसियाली खेलकुद र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा हाम्रो आफ्नै शैलीअनुरूप निडरतापूर्वक सङ्घर्ष गरे र समाजवादको रक्षाका लागि सङ्घर्षरत राष्ट्रसेवकहरू र जनतालाई महान् तवरले उत्साह प्रदान गरे ।

अघिल्लो वर्ष हामीले प्राप्त गरेका सबै विजयहरू र अमूल्य सफलताहरू पार्टीको विवेकशील नेतृत्व एवम् दृढतापूर्वक पार्टीको पक्षमा उभिएका सम्पूर्ण राष्ट्रसेवकहरू तथा जनताको आत्म–बलिदानीपूर्ण सङ्घर्ष र जाज्वल्यमान देशभक्तिपूर्ण वफादारिताका चमत्कारिक परिणामहरू हुन् ।

म जुछेको क्रान्तिकारी लक्ष्य र सनगुनको क्रान्तिकारी लक्ष्यप्रतिको अटुट आस्थासहित सम्झौताहीन सङ्घर्ष सञ्चालन गरेर गत वर्षलाई गौरवमय उपलब्धिहरू र परिवर्तनको वर्षका रूपमा गौरवान्वित गराउन योगदान गर्ने सम्पूर्ण राष्ट्रसेवकहरू र जनताप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

कमरेडहरू !

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय झण्डा
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय झण्डा

नयाँ वर्ष २०१५ महान् महत्त्वको वर्ष हुनेछ, जसमा हामीले राष्ट्रिय मुक्ति र कोरियाली श्रमिक पार्टीको स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउने छौँ ।

यो महत्त्वपूर्ण वर्षलाई अभिवादन गर्दै हाम्रा जनताले राष्ट्रपति र जनरलको विवेकयुक्त नेतृत्वमा हासिल भएका चम्किला विजयहरू सहितको पार्टी र गृहभूमिको ७० वर्षे कीर्तिमानी इतिहासलाई महान् गौरव तथा गरिमामय तवरले स्मरण गरिरहेका छन् र उनीहरू दृढतापूर्वक पार्टीको पक्षमा उभिँदै माउन्ट पेक्तु (पेक्तु पर्वत)बाट सुरु भएको जुछे क्रान्तिमा अन्तिम विजय हासिल गर्नका निम्ति पूर्ण रूपले विश्वस्त र आशावादी छन् ।

यो वर्ष शत्रु शक्तिका चुनौतीहरू तथा चालबाजीहरूलाई तीक्ष्ण रूपले प्रतिरोध गर्नका लागि हामीले क्रान्तिकारी भावना र पेक्तुको जस्तै उत्साह प्रदर्शन गर्नुपर्छ र समाजवादको रक्षाका निम्ति गरिने सङ्घर्ष तथा समृद्ध राष्ट्र निर्माणका सबै मोर्चामा विशिष्ट सफलता हासिल गर्नुपर्छ । यसरी हामीले राष्ट्रिय मुक्ति र पार्टी स्थापनाको ७०औँ वार्षिकोत्सवलाई क्रान्तिकारी सुअवसरका रूपमा मनाउनु पर्छ ।

“पेक्तुको क्रान्तिकारी भावनामा अन्तिम विजयलाई छिटै सम्पन्न गर्न आक्रामक रूपमा अघि बढौँ !” भन्ने नारा बोकेर सम्पूर्ण राष्ट्रसेवकहरू र जनताले महान् अक्टोबर उत्सवको कार्यक्रम स्थलतिर गतिशील तरिकाले अगाडि बढ्नुपर्छ । हामीले पेक्तुको आत्मा र उत्साहलाई मनन् गर्दै हाम्रो समाजवादी देशको गरिमालाई उँचो पार्न एवम् विचार, हातहतियार र विज्ञान तथा प्रविधिको सामर्थ्यमा यसको समृद्धिलाई अभिवृद्धि गर्दै आक्रामक कारबाहीका सम्मानित विजेताहरू बन्नुपर्छ ।

यो वर्ष हामीले हाम्रो देशको अजेय गरिमालाई समाजवादी राजनीति र विचारको शक्तिका रूपमा अझ बढी सुदृढ गर्ने छौँ । हामीले जहिलेसुकै निर्विवाद रूपले राष्ट्रपति र जनरललाई जुछेका सौर्यका रूपमा उहाँहरूका अमर क्रान्तिकारी कार्यहरूमा सिद्धहस्त भएर र तिनमा चीरकालीन प्रतिभा थपेर उँचो बनाइरहनु पर्छ ।

हाम्रा जनताका सबै विजयहरूलाई सङ्गठित र पथप्रदर्शित गर्ने पार्टीको ७० औँ वार्षिकोत्सवको यो वर्षमा हामीले यसको नेतृत्व क्षमता र लडाकु कौशलको विकासमा नयाँ कोसेढुङ्गा स्थापित गर्नुपर्छ ।

पार्टीको केन्द्रीय समितिसँग सिङ्गो पार्टीले विचारको आदानप्रदान गर्न, यसको बुझाइमा एकरूपता ल्याउन र यससँगै कदममा कदम मिलाएर अगाडि बढ्नका लागि हामीले पार्टीको चट्टानी (केन्द्रीकृत) नेतृत्व प्रणालीलाई स्थापित गर्ने कामलाई निरन्तर रूपमा तीव्र पार्नुपर्छ । सबै पार्टी सङ्गठनहरूले पार्टीका विचार तथा नीतिहरूलाई पार्टी कामको मुख्य विचारका रूपमा लागु गर्न र तीमध्येको प्रत्येक कामलाई सम्पन्न गर्न निसर्त रूपमा लागि पर्नुपर्छ ।

हामीले समग्र पार्टी कार्यहरूका माध्यमले ‘जनता–प्रथम (पिपुल–फस्र्ट)’ सिद्धान्तलाई उचित तरिकाले सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई आदर गर्ने, माया गर्ने र तिनैमा भर पर्ने वातावरण बनाउँदै यसलाई व्यापक बनाउनु पर्छ र उनीहरूको जीवनस्तरलाई सुधार्नमा पार्टी कामको ध्यान केन्द्रित गर्नुपर्छ । पार्टीका सबै सङ्गठनहरू र पदाधिकारीहरूले शक्तिको दुरूपयोग र नोकरशाहीतन्त्रको अन्त्य गर्नुपर्छ । जनताको न्यानो सेवा गर्नुपर्छ र उनीहरूलाई ठोस तरिकाले नेतृत्व गर्नुपर्छ ता कि तिनले पार्टीलाई आफ्नी आमालाई जस्तै विश्वास र भरोसा गरून् र यसका लागि सर्वस्व गुमाउन तयार रहून् ।

हामीले विचारलाई पार्टीको शक्तिशाली हतियारका रूपमा ग्रहण गर्नुपर्छ र हाम्रो क्रान्तिको वैचारिक स्तरलाई सबलीकरण गर्दै चट्टानजस्तै अटल बनाउन विचारधारात्मक कामलाई आक्रामक रूपले अगाडि बढाउनु पर्छ । हामीले सबै पार्टी सदस्यहरू राष्ट्रसेवकहरू र अरू श्रमिक जनतालाई सनगुन क्रान्तिका निष्ठावान् लडाकुहरू बनाउन (हाम्रा) नेताहरूको महानता, किम जोङ इलको देशभक्ति, आस्था, साम्राज्यवाद विरोधी, वर्ग सचेतन र नैतिकताले प्रशिक्षित गर्ने शिक्षालाई बढावा दिनुपर्छ र उनीहरूलाई देशभक्तिपूर्ण वफादारिताको ज्वाला दन्काउन राष्ट्रिय सुरक्षाका सबै किल्लाहरूमा सृजना र अन्वेषण गर्न र समृद्ध वैभवशाली राष्ट्र निर्माण गर्नका लागि जागरुक पार्नुपर्छ ।

यो वर्ष हामीले क्रान्तिकारी सैन्य शक्तिहरूको निर्माणमा एउटा नयाँ मोड ल्याउँदै र यसको सुरक्षा क्षमतालाई अभिवृद्धि गरेर हाम्रो देशको गरिमालाई एउटा सैन्य शक्तिका रूपमा अझ राम्ररी प्रदर्शन गर्नुपर्छ ।

जनसेनाले पार्टीको केन्द्रीकृत कमान्ड प्रणालीलाई सम्पूर्ण सैन्य क्षेत्रमा पूर्ण रूपले स्थापित गर्नुपर्छ र ओ जङ्ग–हप नेतृत्वको ७औँ रेजिमेन्टका पदकहरू जित्ने आन्दोलनलाई साहसपूर्वक सम्पन्न गर्नुपर्छ । तसर्थ यसले सैन्य शक्ति बढाउन पार्टीको चारबुँदे रणनीतिक विचार र तीन मुख्य कार्यहरूलाई अक्षरशः लागु गर्नुपर्छ । यसले युद्ध र राजनीतिक प्रशिक्षणहरूमा औपचारिकतावाद र युद्धको पुरातन ढाँचालाई अन्त्य गर्दै तालिमहरूको गुणस्तर सुधार्न र यसको विषयवस्तुहरू तथा विधिहरूलाई अद्यावधिक गर्ने काममा उलटपुलट ल्याई प्रभावकारी बनाउनु पर्छ । यसले पूर्ण रूपमा युद्धका लागि तम्तयार अवस्थामा रहनुपर्छ ता कि शत्रुको कुनै पनि प्रकारको हुङ्कारलाई एकै धक्कामा ध्वस्त गर्न सकोस् । यसको आपूर्ति सेवामा आमूल परिवर्तन ल्याएर सैनिक जवानहरूलाई राम्रो जीवन व्यवस्था उपलब्ध गराउनु पर्छ । यसका बटालियनहरू र कम्पनीहरूलाई सर्वोत्तम युद्ध दस्ताहरू बनाउनु पर्छ र तिनीहरूका प्रिय गाउँहरू र घरहरूलाई पार्टीको केन्द्रीय समितिको कार्यालयको आँगनसँग जोड्नुपर्छ । भविष्यमा पनि यसले (जनसेनाले) पार्टीका विचारहरू लागु गर्ने र समृद्ध राष्ट्र निर्माणका लागि अगाडि सारिएका नीतिहरूको निरन्तरताको रक्षार्थ गरिने सङ्घर्षमा अग्रणी र उदाहरणीय हुनुपर्छ ।

विद्यमान स्थितिको आवश्यकता अनुरूप कोरियाली जनताको आन्तरिक सुरक्षा बलका अधिकारीहरू र सैनिहरूले नेतृत्व, व्यवस्था र जनताको सुरक्षार्थ आफ्नो तरबारलाई धारिलो बनाउनु पर्छ । मजदुर–किसान लालरक्षक र युवा लालरक्षक दलका सदस्यहरूले वास्तविक युद्धको वातावरणमा सैन्य तथा राजनीतिक प्रशिक्षणहरू सञ्चालन गर्नुपर्छ । त्यसबाट उनीहरूको रणकौशललाई वृद्धि गर्नुपर्छ र सम्पूर्ण जनताको प्रतिरोधका लागि पूर्ण रूपमा तयारी गर्नुपर्छ ता कि उनीहरूले आफ्ना प्रान्तहरू, काउन्टीहरू र गाउँहरूलाई आफैले प्रतिरक्षा गर्न सकून् ।

दुवै मोर्चाहरूलाई सँगसँगै अगाडि बढाउने पार्टीको विचारलाई कार्यान्वयन गर्दै रक्षा उद्योगको क्षेत्रले सैन्य सामग्री उत्पादनलाई जुछे–उन्मुख, आधुनिक र वैज्ञानिक बनाउने कार्यलाई अगाडि बढाउनु पर्छ र हाम्रो आफ्नै शैलीका शक्तिशाली अत्याधुनिक सैन्य हातहतियारको सक्रियतापूर्वक विकास गर्नुपर्छ र त्यसमा दक्षता हासिल गर्नुपर्छ ।

यो वर्ष हामीले निश्चित रूपमा विज्ञान र प्रविधिलाई प्राथमिकता दिनुपर्छ र समाजवादी आर्थिक महाशक्ति र सभ्य राष्ट्र निर्माणमा एउटा फड्को मार्नुपर्छ ।

सबै क्षेत्रहरूलाई तीव्रतापूर्वक विकास गर्न र विज्ञान तथा प्रविधिको माध्यमले जनताको स्वर्ग निर्माण गर्नका निम्ति हाम्रो पार्टी दृढप्रतिज्ञ र सङ्कल्पित छ । विज्ञानको मोर्चा समृद्ध समाजवादी देश निर्माणको रक्षार्थ धक्कामूलक ढङ्गले अगाडि बढ्नुपर्छ, त्यसबाट दुस्मनका नाकाबन्दीहरू गर्ने कपटपूर्ण चालहरूलाई परास्त गर्नुपर्छ र स्वतन्त्रता एवम् विज्ञान तथा प्रविधिको उच्च गतियुक्त भावनाको बलमा द्रुत गतिमा अगाडि बढ्न सबै आर्थिक क्षेत्रहरूलाई प्रोत्साहित गर्नुपर्छ । वैज्ञानिक अनुसन्धानको क्षेत्रले अत्याधुनिकभन्दा पनि अझ अगाडि बढेर अर्थतन्त्रलाई विकसित बनाउन, प्रतिरक्षा क्षमता अभिवृद्धि गर्न र जनताको जीवनस्तरलाई उन्नत बनाउनका लागि आवश्यक धेरै मूल्यवान् खोजहरू (आविष्कारहरू) गर्ने तीव्र अभियान सञ्चालन गर्नुपर्छ । विज्ञान तथा प्रविधिलाई जीवनरेखा मान्दै, सबै क्षेत्रहरू र सबै एकाइहरूको आधुनिकीकरण, हाम्रो शैलीको सूचना प्रविधिको उपयोग, कर्मचारीहरू तथा श्रमिक जनताको वैज्ञानिक तथा प्राविधिक स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनुपर्छ र विज्ञान तथा प्रविधिमा भर पर्दै आफ्ना सम्पूर्ण जिम्मेवारीहरूलाई बेजोड ढङ्गले कार्यान्वयन गर्नुपर्छ ।

हामीले जनताको जीवनस्तर सुधार्ने र एउटा आर्थिक महाशक्ति निर्माण गर्ने कार्य सम्पन्न गर्नका लागि आत्मनिर्भर अर्थतन्त्रका विद्यमान आधारहरू र सबै क्षमताहरूलाई अत्यधिक मात्रामा सदुपयोग गर्नुपर्छ । यो महत्त्वपूर्ण वर्षमा हामीले जनताको जीवनस्तर राम्रो बनाउने काममा एउटा छलाङ हान्नुपर्छ ।

हामीले जनताको खाद्य समस्यालाई समाधान गर्नुपर्छ र कृषि उत्पादन, पशुपालन र माछा मार्ने कामलाई मुख्य प्राथमिकता दिएर जनताको आहार–विहारलाई उच्चस्तरमा पुर्याउनु पर्छ ।

कृषि क्षेत्रले प्रतिकूल प्राकृतिक परिस्थितिहरूलाई छिचोल्न सक्नुपर्छ र पानी बचत गर्ने खेती प्रविधि लगायतका वैज्ञानिक कृषिका विधिहरूलाई सक्रियतापूर्वक लागु गरेर, कृषि सामग्रीहरूको पर्याप्त मात्रामा आपूर्ति गरेर र वास्तविक परिस्थिति अनुसारको उत्पादनलाई सङ्गठित र पथप्रदर्शित गरेर खाद्यान्न उत्पादनको योजनालाई अधिपूर्ति गर्नुपर्छ । हामीले देशैभर निश्चित दुरीमा निर्माण गरिएका पशु प्रजननशालाहरू, मत्स्यपालनका आधार क्षेत्रहरू, हरितगृहहरू, च्याउ उत्पादनका आधार क्षेत्रहरूमा उत्पादनको काम अगाडि बढाउनु पर्छ र जनताले तिनीहरूबाट लाभ प्राप्त गर्नसक्ने कुराको सुनिश्चिता गर्नुपर्छ । हामीले ठ्याक्कै पार्टीको योजना अनुसार, सेफो क्षेत्रमा पशुप्रजननको आधारक्षेत्र निर्माण गर्ने र पशुधन उत्पादनका नियमित तयारीहरू गर्ने कार्यलाई गतिशील ढङ्गले अगाडि बढाउनु पर्छ र तिनको सञ्चालन गर्नुपर्छ । जनसेनाको ‘सुनको समुद्र’को नयाँ इतिहास रच्न सफल कार्यकौशललाई अनुशरण गर्दै मत्स्य क्षेत्रले मत्स्य उद्योगलाई प्रचण्ड रूपले सुदृढ बनाउनु पर्छ; र जनताको आहारलाई पौष्टिक बनाउने गरी ठुलो परिमाणमा माछा आपूर्ति तथा ढुवानी गर्नुपर्छ ।

जनताका निम्ति यसलाई सुम्पिएका जिम्मेवारीहरू र लक्ष्यहरूप्रति पूर्ण रूपले सजग रहँदै लघुउद्योग क्षेत्रले आफूलाई सशक्त बनाउने रणनीति तर्जुमा गर्नुपर्छ । विद्यार्थीहरू तथा बालबालिकाहरू लगायतका हाम्रा जनतालाई ठुलो परिमाणमा र विभिन्न प्रकारका गुणस्तरीय उपभोग्य वस्तुहरू, विद्यालयका सामग्रीहरू र बालबालिकाको खानासमेत आपूर्ति गर्ने गरी केन्द्रीय तथा स्थानीय लघुउद्योगका कारखानाहरूको उत्पादनलाई नियमित रूपले सञ्चालन गर्नुपर्छ ।

हामीले राष्ट्रिय अर्थतन्त्रमा ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको विद्युत् आपूर्तिको कमीबाट मुक्ति पाउनका लागि ठुला प्रयासहरूका लागि मार्गनिर्देश गर्नुपर्छ र यसका अग्रणी क्षेत्रहरू तथा निर्णायक उद्योगहरूमा जोड दिनुपर्छ ।

हामीले कोइला उत्खनन् उद्योग र थर्मल पावर स्टेसनहरूमा गत वर्ष गरेका नयाँ अन्वेषणहरूको स्तरमा कोइला र विद्युत् उत्पादनको कार्यलाई साहसपूर्वक वृद्धि गर्नुपर्छ र भरपर्दो तरिकाले विद्युत् समस्यालाई समाधान गर्ने यथार्थवादी उपायहरूमा ध्यान दिँदै विद्युत् उत्पादनलाई अत्यधिक कम खर्चिलो बनाउने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै विद्युत्को तत्कालीन मागलाई पुरा गर्नुपर्छ । हाम्रो आफ्नै प्रविधिमा र स्रोत साधनहरूमा निर्भर रहेर धातुजन्य रासायनिक र अरू आधारभूत उद्योगहरू र रेलगाडी यातायातको विकास गर्नुपर्छ, ता कि अरू सबै आर्थिक क्षेत्रहरूले पुरै शक्तिका साथमा सहजतापूर्वक प्रगति गरिरहून् । हामीले बाह्य आर्थिक सम्बन्धहरूलाई बहुपक्षीय रूपमा बढाउँदै जानुपर्छ र वोन्सान माउन्ट कुम्गाङ अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र लगायतका आर्थिक विकास क्षेत्रहरूका परियोजनाहरूलाई गति दिनुपर्छ ।

हामीले श्रमिक पार्टीको युगका स्मारक भवनहरूसँग मिल्ने गरी ऊर्जा केन्द्रहरू, कारखानाहरू, शैक्षिक तथा सांस्कृतिक संस्थाहरू र आवास गृहहरू निर्माण गर्दै निर्माणका क्षेत्रमा कोरियाली गति पैदा गर्ने एउटा बलियो आँधी ल्याउनु पर्छ । हामीले चोङचोन नदीमाथिको बहुतले ऊर्जा केन्द्र, कोसन फलफुल फार्म र मिराए वैज्ञानिक क्षेत्र (गल्ली) लगायतका प्रमुख निर्माण परियोजनाहरू सम्पन्न गरेको श्रेय लिएर ऐतिहासिक अक्टोबर उत्सवको समारोह स्थललाई शानदार रूपले सिँगार्ने छौँ ।
सिङ्गो पार्टी, सम्पूर्ण सैन्य क्षेत्र र सबै जनताले युद्धपश्चात् गरेको पुनस्र्थापना जस्तै देशका पर्वतहरूलाई पुनस्र्थापित गर्ने अभियान सञ्चालन गर्नुपर्छ र तिनीहरूलाई रुखैरुखले भरिएका

‘सुनका पर्वतहरू’मा रूपान्तरण गर्नुपर्छ । सबै क्षेत्रहरूले एकै प्रकारले वृक्षारोपण र भू–प्राकृतिक सौन्दर्य (ल्यान्डस्केपिङ)को कार्यलाई देशभर अगाडि बढाउनु पर्छ र यसलाई एउटा बगैँचामा बदल्नु पर्छ र प्योङयाङ (राजधानी), प्रान्तहरू, सहरहरू, काउन्टी क्षेत्र, कार्यशालाहरू र गाउँहरूलाई अझ धेरै सांस्कृतिक रूपमा निर्माण गर्नुपर्छ र तिनीहरूलाई नियमित रूपमा व्यवस्थापन र मर्मतसम्भार गरिरहनु पर्छ ।

सबै आर्थिक क्षेत्रहरू र एकाइहरूले वाणिज्य तथा उद्यम व्यवस्थापन सम्बन्धी ठोस रणनीतिहरू निर्माण गरेर एवं सबै सम्भव स्रोतहरू र क्षमताहरूलाई परिचालन गरेर उत्पादनमा वृद्धि ल्याउन, वस्तुहरूको गुणस्तरमा सुधार गर्न र आफ्नो प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि गर्न सकरात्मक प्रयत्नहरू गरिरहनु पर्छ । सबै कारखानाहरू र उद्यमहरूले आयात गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउनका लागि गतिशील सङ्घर्ष सुरु गर्नुपर्छ र पार्टीले अगाडि सारेका नमुनाहरूको प्रेरणाले आफूलाई सुसज्जित बनाउँदै कच्चा माल तथा अन्य पदार्थहरू र उपकरणहरूको आन्तरिक (स्वदेशी) उत्पादनलाई सुनिश्चित गर्नुपर्छ ।

आर्थिक पथप्रदर्शनका निम्ति मन्त्रीपरिषद् र राज्यका अन्य अङ्गहरूले वास्तविक आवश्यकतामा आधारित हाम्रो शैलीको आर्थिक व्यवस्थापनका विधिहरू स्थापित गर्न सक्रिय प्रयत्न गर्नुपर्छ ता कि सबै आर्थिक अङ्गहरू र उद्यमहरूले आफ्नो वाणिज्य गतिविधिहरूलाई आफ्नै प्रयत्नमा रचनात्मक तरिकाले सञ्चालन गर्न सकून् । सबै स्तरका पार्टी सङ्गठनहरूले आर्थिक व्यवस्थापन सुधारको कार्यलाई पार्टीले चाहे अनुसार सम्पन्न गर्ने कुराको सुनिश्चित गर्न पुरै बल लगाउनु पर्छ ।

एउटा सभ्य समाजवादी राष्ट्र निर्माणमा एउटा भयङ्कर ठुलो उत्पे्ररकको काम गर्नुपर्छ ।

हामीले नयाँ शताब्दीमा शिक्षा क्षेत्रमा, यस क्षेत्रमा काम गरिरहेका कर्मचारीहरू र शैक्षिक कार्यहरूको भूमिकामा राजकीय र सामाजिक हितलाई बढावा दिँदै शिक्षामा आमूल सुधार ल्याउनु पर्छ र सबै जनतालाई विज्ञान र प्रविधिमा दक्ष बनाउने कार्यमा नयाँ नयाँ प्रगतिहरू गर्दै र हाम्रो देशलाई एउटा प्रतिभासम्पन्न राष्ट्रमा विकास गर्नुपर्छ ।

सिङ्गो देश खेलकुदका लागि उमङ्गले जुर्मराउनु पर्छ र हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा गणतन्त्रको झन्डालाई माथि फहराउँदै खेलकुद शक्ति बनाउनका लागि उज्ज्वल सम्भावनाका ढोकाहरू खोल्नुपर्छ ।

कला र साहित्यको क्षेत्रले गत्यावरोधलाई तोड्नुपर्छ र ठुलो सङ्ख्यामा समसामयिक कलाकृर्तिहरू निर्माण गर्नुपर्छ जसले आमजनताका प्रयासहरूलाई अझ बढी प्रोत्साहित गरून्; र जनस्वास्थ्य क्षेत्रले स्वस्थ र महामारी–प्रतिरोधी कार्यहरू, निवारणात्मक तथा उपचारात्मक स्वास्थ्य सेवालाई अझ राम्रो बनाउनु पर्छ र औषधी उत्पादनलाई बढावा दिनुपर्छ ।

हामीले समाजमा राष्ट्रिय भावनाहरू, श्रेष्ठ तथा सुन्दर जीवनपद्धति बहाल छ भन्ने कुरालाई सुनिश्चित गर्नुपर्छ र राष्ट्रिय सम्पदाहरूको संरक्षणलाई सिङ्गो देश र सम्पूर्ण जनताको सहभागितामा देशभक्तिपूर्ण दायित्वका रूपमा निरन्तर अगाडि बढाउन पहल गर्नुपर्छ ।

यस वर्षका यी महान् कार्यहरूलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पदाधिकारीहरू, पार्टी सदस्यहरू राष्ट्रसेवकहरू र अरू श्रमिक जनताहरूले पाएक्तुको क्रान्तिकारी भावना, पाएक्तुको हिमआँधीमय भावनामा जिउनु र कार्य गर्नुपर्छ ।

यो भावना मूलतः साहसपूर्वक बाधाहरू र कठिनाइहरूलाई पन्छाउने एउटा दृढ आक्रामक भावना र जति पटक ढले पनि फेरि उठेर सङ्घर्ष गर्ने निष्ठावान् जुझारु भावना हो । हाम्रा सबै राष्ट्रसेवकहरू र जनताका हृदयहरू आफ्नो देश र जनताको प्रतिरक्षाका लागि जापानी अतिक्रमणकारीहरूका विरुद्ध मृत्युसँग जुध्दै लडेका र सबै कठिनाइहरूसँग जुध्दै विजय प्राप्त गरेका अग्रणी योद्धाहरूको अपराजित भावनालाई कदर गर्दै र विजयमा विश्वास गर्दै धड्किनु पर्छ । सबै अधिकारीहरू, पार्टी सदस्यहरू र अरू श्रमिक जनताले पाएक्तुको क्रान्तिकारी भावना र रचनात्मक सङ्घर्षका माध्यमले तयार गरेका आफ्ना उपहारहरू सहित महान् अक्टोवर समारोहको कार्यक्रमस्थलमा प्रवेश गर्नुपर्छ ।
सिङ्गो देशले हाम्रा आफ्नै वस्तुहरूलाई प्रेम गर्ने र तिनमा श्रेष्ठता थप्ने देशभक्तिपूर्ण निष्ठाको भावनाले उद्वेलित हुनुपर्छ । हाम्रा आफ्नै चीज–वस्तुहरूमा श्रेष्ठता थप्ने र थप गरिरहने कुरा ‘कोरियाली राष्ट्र पहिले’ भन्ने भावना नै सच्चा देशभक्ति हो जसले हाम्रो देशको, हाम्रो मातृभूमिको गरिमालाई उँचो बनाउँछ र यसको समृद्धिलाई तीव्रता दिन्छ । हामीले पार्टी र नेताहरूको पथप्रदर्शनमा यो भूमिमा आफ्नो रगत र पसिनाको मूल्य चुकाएर अघिल्लो पुस्ताले सिर्जना गरेका क्रान्तिका सबै सम्पदाहरूलाई सम्मान गर्नुपर्छ र तिनमा चमक थप्नुपर्छ । र, राष्ट्रिय गौरवको उच्च भावनासँगै हाम्रो आफ्नै तरिकाले आफ्नै शक्ति, प्रविधि र स्रोत–साधनहरूमा भर पर्दै हामीले प्रत्येक कुराहरूको सिर्जना र विकास गर्नुपर्छ ।

अधिकारीहरू (कर्मचारीहरू), क्रान्तिका अग्रज सहभागीहरू, मानक उदाहरण बन्नुपर्छ र अगाडि बढिरहेको महान् आक्रमणमा अग्रणी योद्धाहरू बन्नुपर्छ । तिनीहरूले देश र जनताको समृद्धि र उन्नतिका लागि देशभक्तिको महान् दृष्टिकोणसहित वफादारीपूर्ण सेवाका लागि सदा तम्तयार रहँदै, आफूले कठिन दुःखकष्ट झेलेर भए पनि आमजनताको पक्षमा काम गर्ने प्रयत्नलाई अझै धेरै गुणा बढी बढाउँदै निष्ठापूर्वक सेवा गर्नुपर्छ । अधिकारीहरूले पार्टीका विचारहरू र उद्देश्यहरूलाई पूर्ण रूपमा ग्रहण गर्दै, यसका विचार र नीतिहरूलाई जीवनको मूल्यमा समेत निःसर्त रूपमा लागु गर्न र आम जनतालाई जगाउनका निम्ति जनसमुदायको तल्लो तहसम्म पुग्नुपर्छ । उनीहरूले आफ्नो कार्यक्षेत्र र एकाइहरूमा आफ्नो कामका निम्ति पार्टी र राज्यप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ । पराजित मानसिकता, आत्म–सुरक्षावाद र सुविधाभोगी प्रवृतिको अन्त्य गर्नुपर्छ । प्रत्येक काम नवीनतम र वैज्ञानिक रूपले गर्नुपर्छ ।

हाम्रो राष्ट्रलाई बाह्य शक्तिहरूले विभाजित गरिदिएपश्चात् अहिलेसम्म सत्तरी वर्ष बितेको छ । यी दशकहरूमा विश्वले धेरै ठुलो प्रगति गरिसकेको छ र यो समयमा धेरै नाटकीय परिवर्तनहरू भएका छन् तर हाम्रो राष्ट्रको पुनर्एकीकरण अझै पनि हासिल हुन सकेको छैन र विभाजनको पीडालाई सहिरहनु परेको छ । यो हरेकलाई थाहा भएको एउटा दुर्भाग्यपूर्ण तथ्य हो र सबैका लागि सोचनीय विषय पनि हो । हामीले अब यसभन्दा बढी राष्ट्र विभाजनको पीडा बोक्न र सहन सक्दैनौँ, जुन एक शतकदेखि अर्को शतकसम्म चलिआएको छ ।

गएको वर्ष हामीले अन्तर–कोरियाली सम्बन्ध सुधार गर्न र राष्ट्रिय पुनर्एकीकरणका लागि अत्यन्तै गम्भीर प्रस्तावहरू अघि सार्यौँ र तिनलाई लागु गर्नका लागि इमानदार प्रयत्नहरू ग¥यौँ । परन्तु, भित्री वा बाहिरी पुनर्एकीकरण–विरोधी शक्तिहरूको अवरोधका कारणले हाम्रा प्रयत्नहरूले कुनै प्रतिफल ल्याउन सकेनन्, बरु उत्तर–दक्षिण सम्बन्ध तीव्रतापूर्वक अरू बढी बिग्रने दिशामा उन्मुख बनेको छ ।

परिस्थिति जतिसुकै विषम भए पनि र हाम्रो बाटोमा जे जस्ता अवरोधहरू एवम् ं कठिनाइहरू आए पनि, हामीले नचुकीकन राष्ट्रको पुनर्एकीकरणलाई सफल पार्नुपर्छ –जुन राष्ट्रपति र जनरलको जीवनभरको चाहना थियो र राष्ट्रको सबैभन्दा महान् आकाङ्क्षा पनि हो – र, यो भूमिमा एउटा गरिमामयी र समृद्ध एकीकृत देश निर्माण गर्नुपर्छ ।

“यो राष्ट्रिय मुक्तिको ७०औँ वार्षिकोत्सवको वर्षमा स्वतन्त्र पुनर्एकीकरणका लागि ढोका खोल्न सिङ्गो राष्ट्रले साझा प्रयत्न गरौँ !” – यो सङ्घर्षको नारालाई सिङ्गो कोरियाली राष्ट्रले बोक्नुपर्छ । हामीले युद्धको खतरालाई हटाउनु पर्छ, तनावहरूलाई कम गर्नुपर्छ र कोरियाली प्रायद्वीपमा शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्छ ।

दक्षिण कोरियामा हरेक वर्ष अविछिन्न रूपमा आयोजना गरिने ठुलो स्तरका युद्धका खेलहरू नै कोरियाली प्रायद्वीपमा तनाव बढाउने र आणविक युद्धको त्रास फैलाउने मुख्य कारणहरू हुन् । के कुरा भनिरहनु आवश्यक छैन भने यस्तो त्रासदीपूर्ण वातावरण (जसमा वार्ताका सहभागी पक्षहरूका बिचमा एक–अर्काका विरुद्ध युद्ध अभ्यासहरू मञ्चन भइरहेका छन्) मा न विश्वसनीय वार्ता हुन सक्छ, न त अन्तर–कोरियाली सम्बन्धहरू नै सुधार हुन सक्छन् ।

मित्रदेशका जनताका विरुद्धमा बाह्य अतिक्रमणकारी शक्तिहरूसँग मिलेर आणविक युद्ध अभ्यासहरू गर्नु ठुलो विनाश निम्त्याउने एउटा अत्यन्तै खतराजनक कार्य हो । हामीले हाम्रो देशको सार्वभौमसत्ता र गरिमामाथि धाबा बोल्न युद्धको दिशामा चालिने कुनै पनि कदमहरू र कुनै पनि प्रकारका उत्तेजना फैलाउने कारबाहीहरूलाई दृढतापूर्वक प्रत्युत्तर दिनेछौँ र दण्डित गर्नेछौँ । दक्षिण कोरियाका सत्ताधारीहरूले विदेशी शक्तिहरूसँग मिलेर गर्ने दुस्साहसपूर्ण युद्ध अभ्यासलगायतका युद्धका सबै प्रकारका प्रयासहरूको अन्त्य गर्नुपर्छ; कोरियाली प्रायद्वीपको तनावलाई सहज बनाउनु पर्छ र शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्छ ।

हाम्रो राष्ट्रलाई दुई टुक्रा पारिदिने र यसमाथि विगत ७० वर्षदेखिको राष्ट्र विभाजनको पीडा सहनुपर्ने बाध्यता लाद्ने संयुक्त राज्य अमेरिकाले विगतको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाप्रति शत्रुतापूर्ण व्यवहार गर्ने उसको दोषयुक्त नीति र हस्तक्षेपका दुस्साहसिक कार्यहरूलाई जारी राख्न बन्द गर्नुपर्छ र आफ्नो नीति परिवर्तन गर्ने साहस गर्नुपर्छ ।

उत्तर र दक्षिणले आफ्ना विचारहरू र शासनहरूमा कायम रहेर व्यवस्थाहरूको द्वन्द्व खोज्ने कामबाट बच्नुपर्छ, बरु हाम्रो आफ्नै राष्ट्रद्वारा आफैले भन्ने सिद्धान्तका आधारमा राष्ट्रका साझा हितअनुकूलको पुनर्एकीकरण प्रक्रियालाई सन्तोषजनक रूपमा निष्कर्षमा पु¥याई महान् राष्ट्रिय एकता हासिल गर्नुपर्छ ।

यदि तिनीहरूले उनीहरूका विचारधारा र शासन प्रणालीहरू एक–अर्कामा लाद्न खोजेमा तिनीहरूले कहिल्यै राष्ट्रिय एकताको विषयलाई शान्तिपूर्ण रूपले हल गर्न सक्दैनन् र केवल द्वन्द्व तथा युद्ध मात्रै निम्तिन्छन् । यद्यपि हाम्रो आफ्नो शैलीको जनसमुदाय–केन्द्रित समाजवादी व्यवस्था अति धेरै लाभदायी छ, तर हामीले यसलाई दक्षिण कोरियामा कहिल्यै लाद्दैनौँ र कहिल्यै लादेका छैनौँ ।

दक्षिण कोरियाका शासकहरूले कहिल्यै न “शासन प्रणालीहरूको एकीकरण” खोज्नुपर्छ, जसले उत्तर र दक्षिणका बिचमा अविश्वास र द्वन्द्वका लागि उक्साउँछ, न त अर्को पक्षको शासन व्यवस्थालाई अपमानित नै गर्न हुन्छ र यता–त्यता घुमेर अर्को मित्रदेशका जनतालाई नोक्सानी पुग्ने गरी दूषित प्रलोभनमा नै पार्नु हुन्छ ।

उत्तर र दक्षिणले पहिले नै सहमति गरेअनुसार विचारधारा र शासन व्यवस्थामा भएका भिन्नताहरूबाट माथि उठेर राष्ट्रका साझा हित अनुकूल राष्ट्रिय एकीकरणको विषयलाई निष्कर्षमा पुर्याउनु पर्छ । तिनीहरूले राष्ट्रका टुटेका नाताहरू र रक्तसम्बन्धहरूलाई पुनः जोड्न सक्रियतापूर्वक वार्ताहरू, छलफलहरू, भ्रमणहरू र सम्पर्कहरू बनाइ राख्नुपर्छ र अन्तर–कोरियाली सम्बन्धमा एउटा महान् मोड ल्याउनु पर्छ ।

संयुक्त प्रयत्नहरूका माध्यमले लडाइँलाई रोक्न र नयाँ बाटो पहिल्याउन दुवैतर्फका मित्र–देशवासीहरूको सर्वसम्मत आकाङ्क्षा छ । तिनीहरूले अब धेरै समय अर्थहीन विवाद र महत्त्वहीन विषयहरूमा समय र ऊर्जा खर्च गर्नु हुँदैन; बरु अन्तर–कोरियाली सम्बन्धको इतिहासमा नयाँ अध्याय लेख्नुपर्छ ।

यदि हाम्रो राष्ट्रले एउटै उद्देश्य र साझा प्रयत्न गर्यो भने कुनै कुरा पनि असम्भव छैन । उत्तर र दक्षिणको पुनर्एकीकरणको मार्गमा जुलाई ४ को संयुक्त वक्तव्य, जुन १५ को ऐतिहासिक संयुक्त घोषणापत्र र अक्टोबर ४ को घोषणापत्रका रूपमा पुनर्एकीकरणका यस्ता चार्टर तथा महान् कार्यक्रम प्राप्त भएको छ, जसले सम्पूर्ण विश्वसामु राष्ट्रको प्रतिबद्धता र देशको पुनर्एकीकरण गर्ने साहस प्रदर्शन गरेको छ ।

यदि दक्षिण कोरियाका शासकहरू अन्तर–कोरियाली सम्बन्धलाई वार्ताको माध्यमबाट सुधार गर्ने तिनीहरूको अडानमा इमानदार छन् भने हामीलाई लाग्छ कि अवरुद्ध भएका उच्चस्तरीय सम्पर्कहरूलाई पुनः सुचारु गर्न र विषयगत छलफलहरू चलाउन सम्भव छ । र, यदि यसका लागि आवश्यक वातावरण र परिस्थिति निर्माण गरिन्छ भने हामीले एउटा शिखरवार्ता आयोजना किन नगर्ने ? भविष्यमा पनि हामीले वार्ता र छलफललाई निरन्तर रूपमा अगाडि बढाउन हरेक प्रयत्नहरू गर्नेछौँ । देशको पुनर्एकीकरणका लागि सिङ्गो कोरियाली राष्ट्रले सँगसँगै राष्ट्रव्यापी आन्दोलनमा सरिक हुनुपर्छ ता कि स्वतन्त्र पुनर्एकीकरणको फराकिलो बाटो सुरु गर्न यो वर्षलाई एउटा कोसेढुङ्गाका रूपमा गौरवमय बनाउन सकियोस् ।

गत वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमा, कयौँ देशहरू र क्षेत्रहरूमा साम्राज्यवादीहरूको स्वेच्छाचारी उन्मादका कारणले युद्ध–आक्रमणहरू र रक्तपात कायमै रह्यो । उनीहरूको सार्वभौसत्ताको खुला रूपले उलङ्घन भयो, जसले भूमण्डलीय शान्ति र सुरक्षामा गम्भीर त्रास पैदा ग¥यो ।

विशेषतः समाजवादको गढ र स्वतन्त्रता एवम् न्यायको किल्लाका रूपमा रहेको हाम्रो गणतन्त्रलाई एक्लाउने र निःश्वास बनाउने संयुक्त राज्य अमेरिकाको अति वैरभावपूर्ण नीतिका कारणले गर्दा तनावका दुष्चक्रहरू कहिल्यै अन्त्य भएनन् र कोरियाली प्रायद्वीपमा युद्धको खतरा झनै बढ्न पुग्यो ।

हाम्रो आत्मसुरक्षासँग सम्बन्धित आणविक प्रतिरोधक क्षमता ध्वस्त गर्ने र शक्तिको आडमा हाम्रो गणतन्त्रको घाँटी निमोठ्ने आफ्नो प्रयास असफल भएपछि संयुक्त राज्य अमेरिका र त्यसका जागिरे सेनाहरूले ‘मानव अधिकार’को नीच धन्दाको सहारा लिन खोजिरहेका छन् । जबसम्म शत्रुले हाम्रो समाजवादको घाँटी निमोठ्ने उसको चाल कायमै राख्छ, हामीले निरन्तर रूपमा सनगुन राजनीति तथा दुई ओटै मोर्चाहरूलाई एकैपटक सँगसँगै अगाडि बढाउने नीति अविछिन्न रूपमा अवलम्बन गरिरहने छौँ र अन्तर्राष्ट्रिय परिस्थिति एवम् हाम्रो वरिपरिका देशहरूसँगको सम्बन्धको स्वरूपमा जस्तोसुकै परिवर्तन आए पनि देशको सार्वभौमसत्ता एवं राष्ट्रको गरिमालाई दृढतापूर्वक प्रतिरक्षा गर्नेछौँ । देशको गरिमा र हितलाई उच्च प्राथमिकतामा राख्दै हामीले क्रान्तिकारी सिद्धान्तहरू र स्वतन्त्र अडानका आधारमा विदेश सम्बन्धहरूलाई बहुपक्षीय र सकरात्मक ढङ्गले विस्तार र विकास गर्नेछौँ ।

हाम्रो पार्टी र हाम्रो गणतन्त्रको सरकारले विश्वभरका शान्तिप्रेमी, न्यायप्रेमी तथा स्वतन्त्रतापश्चात् प्रगतिको बाटोमा लम्किरहेका प्रगतिशील जनसमुदायसँग सर्वपक्षीय सम्बन्ध तथा ऐक्यबद्धतालाई सुदृढ बनाउन र हाम्रो राष्ट्रिय सार्वभौसत्तालाई सम्मान गर्ने र हामीसँग मित्रवत् रहेका सबै देशहरूसँग असल छिमेकीको सम्बन्ध विकसित गर्ने प्रयत्न गरिरहेको छ ।

महान् पार्टीको नेतृत्वमा अजेय उत्साहसँगै, चट्टान जस्तै अटल क्रान्तिकारी आस्थाले ओतप्रोत भएर, पेक्तुको हिमआँधी जस्तै द्रुत गतिमा अगाडि बढिरहेका हाम्रो देशका सेना र जनताको प्रगतिलाई विश्वको कुनै पनि शक्तिले रोक्न सक्दैन । निसङ्कोच रूपमा अन्तिम विजय हाम्रै हो ।

हामी सबैले पार्टीको पक्षमा अरू बढी लामबद्ध हुँदै, अन्तिम विजयको यात्रामा उच्च स्वरले गीत गाउँदै, यो महत्त्वपूर्ण वर्षलाई महान् विजयहरू र क्रान्तिकारी तथा शुभ अवसरहरूको वर्षका रूपमा गौरवशाली बनाउन निष्ठावान् प्रयत्न गरौँ ।

आशाले भरिपूर्ण वर्षका रूपमा २०१५ लाई अभिवादन गर्दै, म देशभरका सबै परिवारहरूको खुसियालीका निम्ति हार्दिक कामना गर्दछु ।

(अनुवादकः नहेन्द्र खड्का)