सी चिनफिङ, फुच्यान, फुजियान, xi jinping, fujian,
 

काठमाडौँ । मार्च २३ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको फुच्यान प्रान्तीय भ्रमण जारी छ । उहाँले सानमिङ सहरको शा जिल्ला अस्पताल, शा जिल्ला खाजाले प्रसिद्ध एउटा गाउँ, युपाङ, शा जिल्ला ग्रामीण किनमेल केन्द्रको भ्रमण गर्नुभएको छ । भ्रमणमा सीले स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था सुधार, ग्रामीण पुनरूत्थानको प्रवर्द्धन, वनस्पति अधिकार अवस्थाको सुधारबारे जानकारी लिनुभएको छ ।

xi jinping, hospital, fujian, सी चिनफिङ, china

सन् २०१२मा शानमिङ सहरमा गरिएको चिकित्सा सुधारले चीनमा मात्र नभई विश्व स्वास्थ्य संगठन तथा विश्व बैंकबाट पनि मान्यता तथा स्वीकृति पाएको छ । हालसम्म त्यहाँको चिकित्सा सुधार कदमहरू चीनमा यत्रतत्र फैलिसकेका छन् । शा जिल्ला अस्पतालको स्थापना नै स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था सुधार कदमहरूमध्येको एक हो ।

xi jinping, fujian, visit, सी चिनफिङ

शा जिल्लाको खाजा चीनमा प्रसिद्ध छ। चीनभरि शा जिल्ला खाजा पसलको संख्या ८० हजार भन्दा बढी छ र विश्वका ६२ मुलुक तथा क्षेत्रमा पनि फैलिइसकेको छ ।

शा जिल्लाको ग्रामीण सम्पत्ति किनमेल केन्द्रमा सी चिनफिङले वनजंगल अधिकार अवस्थाको सुधारबारे विस्तृत जानकारी लिनुभयो । सन् २००२ मा फुच्यान प्रान्तमा काम गर्दा सीले यसै क्षेत्रको सुधारको नेतृत्व गर्नुभएको थियो । यस सुधारबाट स्थानीय पर्यावरणको राम्रो संरक्षण गरिएको थियो साथै स्थानीय रूख नकाटिकनै समृद्धिको बाटोमा हिँड्न थालिएको थियो ।

xi jinping, fujian, china, सी चिनफिङ

सन् २०१९ को अन्तसम्म शानमिङ वनजंगलमा संलग्न कूल उत्पादन परिमाणमा संलग्न रकम ११ हजार ४ सय ६० करोड चिनियाँ युआन पुग्यो भने यस क्षेत्रमा प्रतिव्यक्ति खुद्रा आम्दानी ५ हजार चिनियाँ युआन भन्दा बढी पुगेको थियो ।

(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)