काठमाडौँ । महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका विदेश विभागका मन्त्री सुङ थाउले यही मार्च २२ तारिख बेइजिङमा चीनका लागि उत्तर कोरियाली राजदूत ली लुङ नानसँग भेटवार्ता गर्नुभएको छ ।
राजदूत लीले उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किम जोङ उनले महासचिव सी चिनफिङलाई दिनुभएको मौखिक सन्देश दिनुभएको छ । सो मौखिक सन्देशमा महासचिव सीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँहरुले महामारीको सफल प्रतिरोध गर्नुका साथै सम्पन्न समाजको चौतर्फी निर्माण र गरिबी निवारण युद्धमा उल्लेखनीय उपलब्धि पाएको कुरालाई उच्च मूल्याङ्कन गरिएको छ । उत्तर कोरिया र चीन बिचको मैत्रीपूर्ण सम्बन्ध युगको माग र जनताको इच्छाबमोजिम उँचो रहने विश्वास रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका मन्त्री सुङले राष्ट्राध्यक्ष सी चिनफिङको मौखिक सन्देश पनि राजदूत लीलाई सुनाउनु भएको छ । नयाँ परिस्थितिमा चीनले उत्तर कोरियासँग आपसी सम्बन्धको राम्ररी विकास गर्दै समाजवाद निर्माणको प्रवर्द्धनका लागि नयाँ उपलब्धि हासिल गर्दै जाने आशा सीले गर्नुभएको छ ।
(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)