अक्टोबर २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चु हाइमा आयोजित हङ कङ – चु हाइ – मकाउ पूलको शुभारम्भ समारोहमा उक्त पूल औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गर्नुभएको छ। यसरी तयारी क्रम र निर्माण गरी पन्ध्र वर्ष लागेको र कूल ५५ किलोमिटर लामो यो सुपर परियोजना औपचारिक रुपमा सुरु भएको छ।
हङ कङ-चु हाइ-मकाउ पूल एक देश दुई प्रणालीको प्रारुपमा क्वाङ तुङ, हङ कङ, मकाउ यी तीन क्षेत्रले पहिलो पटक सहयोग गरी निर्माण गरेको विश्वको सबैभन्दा लामो र समष्टिगत रूपमा सबैभन्दा धेरै कठिन रहेको समुद्र पार यातायात परियोजना हो साथै यी तीन क्षेत्रबीचको सबैभन्दा महत्त्वपूर्ण यातायात पूर्वाधार पनि हो।

हङ कङ-चु हाइ-मकाउ पूल चीनको नविन सिर्जनाको अर्को नयाँ उदाहरण पनि हो । इतिहासदेखि नै नविन सिर्जना चीन राष्ट्रको विशेषता हो साथै चीनको दीगो विकासका लागि ठूलो शक्ति पनि हो। सुधार तथा खुलापन नीति सञ्चालन भएको चालीस वर्षयता र विशेष गरी पाँच वर्षयता नविन सिर्जनाबाट विकास हुने रणनीति र नविन सिर्जना राष्ट्रको निर्माण गर्ने लक्ष्यको आधारमा चीनले आफ्नो विशेषतायुक्त स्वयं नविन सिर्जना बाटोको विकास गरेको छ ।
हङ कङ-चु हाइ-मकाउ पूल सञ्चालन हुनुअघिको एक दिन राष्ट्राध्यक्ष सी चिन फिङले चु हाइ हङ छिन नयाँ क्षेत्रमा निरीक्षण गर्दा निर्माण उद्योग वास्तविक अर्थतन्त्रको एक मुख्य विषय भएको र निर्माण उद्योगको केन्द्र नै नविन सिर्जना रहेको अर्थात् महत्त्वपूर्ण प्रविधि अपनाउन प्रयास गरी स्वयं नविन सिर्जना गर्नुपर्ने दोहोर्याउनु भयो। यो चीनका शीर्ष नेताले प्रस्तुत गरेको नविन सिर्जनाबाट विकाससम्बन्धी पछिल्लो धारणा हो साथै यो नै चीनको सुधार तथा खुलापन नीति चालेको चालीस वर्षमा नविन सिर्जना गरी पुनःविकास गर्न दिइएको आदेश पनि हो।
(स्राेत/साभारः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)