Chairman Prachanda attending 5th Indian Ideas Conclave
 

नयाँदिल्ली । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताउनुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान संरक्षण गरेको छ । धेरै देशहरुले औद्योगीकरणबाट लाभ उठाइरहेको बताउनुभएको छ ।

सहभागी हुनुभएको प्रचण्डले नेपाल र दक्षिण एसियाको विकासबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । उहाँले धेरै देशहरुले औद्योगीकरणबाट लाभ लिएका हुनाले दक्षिण एसियामा रहेका देशहरुले पनि औद्योगीकरणबाट लाभ लिनसक्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका अध्यक्ष प्रचण्डले समृद्ध समाजको लागि अनुकूल वातावरण सिर्जना गर्न सबै देशहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले संसारका धेरै देश अघि बढेका र हामी उनीहरुको पछि लागेको बताउनुभयो ।

उहाँले मानव प्रगतिको बावजुद संसारले आज धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताउँदै भन्नुभयो, ‘अरु देशहरु धेरै अगाडि बढिसके तर हामी अझै गरिबीको चपेटामा पिल्सेका छौँ, यहाँबाट निस्कन जरुरी छ, यसको लागि दुई राष्ट्रबीच (नेपाल र भारत) सुमधर सम्बन्ध बनाउनु पर्छ ।’

अध्यक्ष दाहालले दश वर्षपछि राजनीतिक अस्थिरता र दर्दनाक संक्रमणको अन्त्य भएको बताउनुभयो । ‘हामी अन्ततः स्थिर सरकारको सम्भावना बढाउन सक्षम छौं जुन विकासको लागि आवश्यक छ’ उहाँले भन्नुभयो ।
नेपाल सरकारले ‘समृद्ध नेपाल, खुसी नेपाल’ को दर्शनलाई महसुस गर्न काम गरिरहेको उहाँको भनाइ थिये । पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालका आसपासका छिमेकीहरुलाई नेपाल विकासको प्रयासमा उनीहरूको सहयोगको लागि कृतज्ञता देखाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आशायोग्य छौं कि यस्तो सहयोग जारी रहनेछ ।’

नेपाल र भारतसम्बन्धबारे उहाँले भन्नुभयो, ‘समानुपातिक सहअस्तित्वको एक पुरातन इतिहास छ । हामी भूगोलले पनि इतिहास, धर्म र संस्कार, संस्कृति र वाणिज्यद्वारा जोडिएको छौँ । हामी केवल छिमेकीहरू मात्र होइनौं नजिकका मित्र पनि हौँ ।’ गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि दिल्लीमा हुने टुंगो लागेको थियो । उहाँले राजनीतिक भेटघाट नगरी आजै स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

कार्यक्रमका केही झलकहरूः

Chairman Prachanda attending 5th Indian Ideas Conclave Chairman Prachanda attending 5th Indian Ideas Conclave Chairman Prachanda attending 5th Indian Ideas Conclave

Chairman Prachanda attending 5th Indian Ideas Conclave

Chairman Prachanda attending 5th Indian Ideas Conclave

Chairman Prachanda attending 5th Indian Ideas Conclave