rajat prasad saha
 

काठमाडौँ । कविलवस्तुको जिल्लाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ ।

स्वतन्त्र उमेद्‌वारको रुपमा नगर प्रमुखमा निर्वाचित हुनुभएका साहलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्ड र स्थायी समिति सदस्य क. मातृका यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमबिच पार्टीमा स्वागत गर्नुभएको हो ।

साहसँगै कृष्णनगर नगरपालिकाका सुपरिचित युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गर्नु भएको छ । प्रमुख साहले नेकपाको नीति मन पारेकोले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको थियो ।