काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको बताउँदै देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता भएको बताउनु भएको छ ।
“हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ”, शुभकामना सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशको पूर्ण पाठः
मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको छ । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो ।
हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।
यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
२२ जेष्ठ, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष