क. प्रचण्ड, Pushpa Kamal Dahal 'Prachanda', Chairman, Nepal Communist Party
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताउनु भएको छ ।

आज ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले “गणतन्त्र विरोधी शक्ति विभिन्न बहनामा सलबलाए पनि सफल नहुने” बताउनु भयो ।

अध्यक्ष प्रचण्डले सरकारले ल्याएको समृद्धिका सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य हुनुपर्ने भन्दै प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई आफूले निरन्तरता दिने समेत बताउनु भयो ।

“लोकतन्त्र स्थापनाका लागि निरंकुशताविरुद्ध शिर नझुकाउने क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्न पाउदा आफूलाई गौरव महसुस भएको,” उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले, “शहीदहरु कुनै पार्टी विशेषका नभई आम जनता र देशका हुने र शहीदको सम्मान सबैले गर्नुपर्ने” विचार व्यक्त गर्नुभयो ।