काठमाडाैं, सत्तारुढ दल नेकपाका महासचिव विष्णु पाैडेलले बालुवाटारको सरकारी जग्गामा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएकाे छ । विभिन्न सञ्चार माध्यमले आफ्नो नाम जोडेर भ्रमपूर्ण समाचार छापेको भन्दै महासचिव पाैडेलले बुधवार एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाउनु भएकाे हाे ।
उहाँले २०६१ पुष २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेसन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको स्पष्ट पार्नुभएकाे छ ।
‘समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’ पौडेलले वक्तव्यमा भन्नुभएकाे छ ।
हेर्नुहाेस् विज्ञप्तिकाे पूर्ण पाठ :