Krishna Bahadur Mahara Amarsingh, कृष्णबहादुर महरा
 

काठमाडौ । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अबसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गर्नु भएको छ । महराले आइतवार शुभकामना सन्देश जारी गरी शुभकामना व्यक्त गर्नु भएको हो । महराले तमु ल्होसारो शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा भनिएको छ ।

शुभकामना सन्देशको पूर्ण पाठः

तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । गुरुङ समुदायमा नयाँ वर्षको शुरुवातका रुपमा मनाइने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन् । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भुगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौं । यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ । यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यहीँ विविधताभित्र रहेको तमु (गुरुङ) समुदायको ठूलो पर्व ल्होसार पनि एक रहेको छ ।

तमु ल्होसार पर्वले हामी सबै नेपालीलाई सामाजिक–साँस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस्, यही शुभकामना व्यक्त गर्दछु ।

पुस १५, २०७५

कृष्ण बहादुर महरा
सभामुख