PRachanda at chitwan, Khukuri stories are false and lies
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटीको बैठक लोकतान्त्रिक वातावरणमा छलफल गरेर सर्वसम्मत निर्णय गर्दै समापन भएको बताएका छन् ।

शुक्रबार काभ्रेको चौरीदेउरालीको खाँडादेवी माविको स्वर्ण जयन्तीमा उनले स्थायी कमिटी बैठक धेरैको चासो र चिन्ताका बीच सफलतापूर्वक समापन भएको बताएका हुन् । ‘स्थायी समितिको बैठकमा लोकतान्त्रिक र खुल्ला छलफल भयो’ प्रचण्डले भने ।

‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक पनि सफलताको साथ बडो राम्रो लोकतान्त्रिक वातावरणमा छलफल गरेर सर्वसम्मत निर्णय गरेर हामी आज समापन गरेका छौं’ उनले भने ‘पुस महिनाभित्र देशैभरि सबै तलैसम्म पार्टी एकता जनसंगठनको एकता गर्ने निर्णय गरिएको छ ।’

‘हाम्रो पार्टीको ११ दिनदेखि केन्द्रीय स्थायी कमिटीको बैठक चलेको थियो । के होला भन्ने मानिसहरुलाई लागेको थियो । बैठकमा नेताहरुले झगडा गर्ने हुन् कि भन्ने चिन्ता थियो । पार्टी एकता तलसम्म अलि ढिलो भएको छ, छिटो एकता भइदिए हुन्थ्यो भन्ने थियो । सरकारको काम अझ राम्रो भए हुन्थ्यो भन्ने तपाईहरुको चाहना र ठाउँठाउँमा जनताको आवाजहरु हामीले सुनेका थियौं’ उनले भने ‘र, त्यही गम्भीरताका साथ स्थायी कमिटीको बैठक बस्यौं, आज बिहान बैठक सफलताका साथ, सर्वसम्मतिले सबै निर्णयहरु गरेर म त्यहाँबाट सिधै तपाईंहरुमाझ आएको छु ।’

नेपाली कांग्रेसको महासमिति बैठकले पनि संविधान कार्यान्वयनमा सबै शक्ति लगाउने निर्णय गरेकोमा खुशी लागेको पनि प्रचण्डले बताए ।