काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था साँच्चै नभएको बताउनुभएकाे छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने दावी गर्नुभयाे। ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल लगानी गरेर व्यवसायिक बनाउन जरुरी छ’ प्रधानमन्त्री ओलीले भन्नुभयाे।
जिब्रोको स्वादका लागि मात्र खाद्यान्न आयात गर्नुपरेको बताउदै ‘नेपालमा नपुग्ने खालको उत्पादन र साँच्चै भोकमरीको अवस्था छैन, धान गहुँ मकै कोदोको उत्पादन भइरहेको छ, त्यसले हामीलाई पुग्छ’ उहाँले भन्नुभयाे – ‘अरु खोज्नु जिब्रोको स्वादको कुरा मात्र हो।’