काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ ।  उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे ।

तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले पाउनुभएकाे छ  । यसअघि क्रान्तिकारीको संस्थापक प्रवक्ता र सचिवको जिम्मेवारी निर्वाह गरिसक्नुभएका बस्नेत क्रान्तिकारीको गत राष्ट्रिय सम्मेलनमा खुल्ला तर्फबाट सवैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।

बस्नेतलाई आजै अध्यक्ष तामाङले कार्यवाहक अध्यक्षको पत्र दिनुभएकाे छ ।