काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो ।
अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिए पछि सेकाईका लागि शनिवार काठमाडौंको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ल्याइएकाे पारिवारिक श्राेतले जनाएकाे छ ।अधिकारीको फोक्सो र मुटुको बिच भागमा सेकाउनु पर्ने भएकाले चिकित्सकको परामर्शमा काठमाडौं भर्ना गरिएकाे परिवारले बताएकाे छ ।
बि. संं. २०१२ सालमा गोर्खाको अजिरकोटमा जन्मनु भएका अधिकारी वि.संं. २०३२ सालबाट पूर्णकालिन रुपमा कम्युनिष्ट आन्दोलनमा संलग्न हुनुहुन्छ । जनयुद्धका समयमा उहाँकाे टाउकोको मूल्य रु. २५ लाख तोकीएको थियो । माओवादी पार्टी बिभाजनसंगै उहाँ नेता बैद्यतिर लाग्नुभएकाे थियाे । हाल उहाँको उपचारमा आर्थिक समस्या भएको छ ।
उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्ब प्रधानमन्त्री वावुराम भटराई लगाएतका नेताहरुले अस्पतालमा भेटेर स्वास्थ्य लाभको कामना सहित सहयोगको आस्वासन दिनुभएकाे थियाे । सरकार र नेताहरुले सहयोगको आस्वासन दिए पनि हालसम्म उहाँकाे परिवारले कुनै आथिक सहयाेग प्राप्त नभएको र प्रकृयामा रहेको जानकारी पाएको छोरा अधिकारीले बताउनुभयाे ।