विराटनगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गर्नुभएकाे छ। प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताउनुभयाे । उहाँले भन्नु भयाे – ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ। यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ।’

विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको उहाँको भनाइ थियाे। उहाँले भन्नुभयाे – ‘विखण्डनकारी शक्ति सीके राउतलाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं। विप्लव पनि अब वार्तामा आउनुपर्छ।’

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उहाँले बताउनुभयाे। जुनसुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट भएको तर, शान्ति सुरक्षामा खलल र्पुयाउने छुट कसैलाई नभएको उहाँकाे  जिकिर थियाे ।

एक फरक प्रसंगमा उहाँले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताउनुभयाे । यसका लागि सरकार आवश्यक पूर्वाधार तयारीमा जुटेको उहाँकाे भनाइ िथयाे ।