काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ ।

फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शान्तिपूर्ण वार्ताबाटै निकास चाहेको बताउनुभयो।

मन्त्री बाँस्कोटाले विप्लव नेतृत्वको पार्टीलाई नभई उसका आपराधिक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुुभयो । हिंसा र ज्यादतिको उन्माद सैह्य नभएको साथै आपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि सरकारले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत रहेर कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो – ‘विप्लव समूह वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार छ। हामी पनि वार्ताबाट समाधान चाहन्छौं। तर, हिंसा र ज्यादति सहन सकिन्नँ, सहन्नौं।’