Krishna Bahadur Mahara Amarsingh, कृष्णबहादुर महरा
 

काठमाडौं, सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै सभामुख महराले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराउनुभएको हो ।

सभामुख महराले सूचनाको हकसम्बन्धी कानुन परिमार्जन गर्न पनि सरकारसँग आग्रह गर्नभयो। उहाँले सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सभामुखले संस्थाहरु पारदर्शी नहुँदासम्म सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनको कामलाई विशेष ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकारका सबै निकायलाई पटक–पटक सचेत गराइएको धारणा राख्नुभयो ।

उहाँले सूचना आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोगलगायतका संवैधानिक निकायमा समेत सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रिय सूचना आयोगले विगत ४ वर्षयता सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयन गराउन ५ हजार ७३ वटा आदेश जारी गरेको बताएको छ ।