काठमाडौं, पार्टी एकीकरणको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।
आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुङ्गो लगाएको हो । एक वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण घोषणा भएको थियो । एकीकरणको भावनाअनुसार एक वर्षसम्म जिल्ला नेतृत्व नबन्दा तल्लो तहमा असन्तुष्टि बढ्दै गएको थियो ।
नेकपाका ७७ जिल्ला पार्टीका अध्यक्ष र सचिवकाे नामावलीका लागि यहाँ क्लिक गर्नुहोस् ।