नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडा, काठमाडौँ
 

काठमाडौँ । नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने क्रममा स्थानीय निकायको निर्वाचन पश्चात संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाहरुको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिक तर्फको मतगणना पनि सुरु भैसकेको छ ।

नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको नेकपा (माओवादी केन्द्र) प्रत्यक्षतर्फ दोस्रो पार्टी बन्न सफल भएको छ । संघीय प्रतिनिधि सभाका हालसम्म परिणाम घोषणा भैसकेका १६० निर्वाचन क्षेत्रहरुमध्ये नेकपा (माओवादी केन्द्र)ले ३६ सिट जितेको छ । हुम्लामा आफ्नै ज्वाईं समेत रहेका पार्टीका आधिकारिक उमेद्वारका विरुद्ध बागी उमेद्वारी दिएर विजय हासिल गरेका नेकपा (माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य छक्कबहादुर लामाको सिट समेत जोड्दा उसको सिट संख्या ३७ बन्न पुग्दछ ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उमेद्वारहरु (सूची सहित):

१. कमला रोका, रुकुम पूर्व १
२. पम्फा भुसाल, ललितपुर ३
३. बीना मगर, कंचनपुर १
४. प्रभु साह, रौतहट ३
५. रामेश्वरराय यादव, सर्लाही ३
६. गौरीशंकर चौधरी, कैलाली ३
७. सुदन किराती, भोजपुर १
८. अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १
९. सुरेन्द्रकुमार कार्की, झापा १
१०. जनार्दन शर्मा, रुकुम पश्चिम १
११. दुर्गबहादुर रावत, कालिकोट १
१२. हरिराज अधिकारी, गोरखा १
१३. देवेन्द्र पौडेल, वाग्लुङ २
१४. गिरिराजमणि, पोखरेल, महोत्तरी १
१५. श्यामकुमार, श्रेष्ठ्, रामेछाप १
१६. महेश्वुरजंग, गहतराज (अथक) बाँके १
१७. लेखराज भट्ट, कैलाली ४
१८. हितबहादुर तामाङ, नुवाकोट १
१९. सुरेशचन्द्र दास, सिराहा २
२०. टोपबहादुर रायमाझी, अर्घाखाँची १
२१.  देव प्रसाद गुरुङ, लमजुङ १
२२. टेकबहादुर बस्नेत, सल्यान १
२३. शिवकुमार मंडल, केवट मोरंग ५
२४. हरिवोलप्रसाद गजुरेल, सिन्धुली २
२५. अमनलाल मोदी मोरंग ४
२६. गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक १
२७. वर्षमान पुन, रोल्पा १
२८. हेमकुमार राई, सोलुखुम्बु १
२९. गजेन्द्रबहादुर महत, जुम्ला १
३०. मातृकाप्रसाद यादव, धनुषा १
३१.  पुष्पकमल दाहाल ‘प्रचण्ड’, चितवन ३
३२. सन्तकुमार थारु, बर्दिया २
३३. चक्रपाणी खनाल, कपिलवस्तु १
३४. सुरेशकुमार राई, उदयपुर २
३५. कृष्णकबहादुर महरा, दाङ २
३६. शक्तिबहादुर बस्नेत, जाजरकोट

स्वतन्त्रकाे रूपमा  विजयी भएका:

छक्कबहादुर लामा