प्रचण्ड, नरेन्द्र मोदी, नेपाल भ्रमण, Prachanda, Narendra Modi, Nepal Visit
 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँदै अन्यथा ‘गोविन्द गौतम घटना’ दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

नेपालकाे दुई दिवसीय राजकीय भ्रमणमा रहेका छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रिभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त चेतावनी दिएका हुन् ।

अनौपचारिक भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो ‘गोविन्द गौतम घटना’ दोहोरिने सक्नेतर्फ समेत सचेत गराएको बैठकमा सहभागी स्रोतले बताएको छ । “कञ्चनपुरको सीमा क्षेत्रमा तनाव अन्त्य हुन सकेको छैन, जनता भड्किन सक्छन्, फेरी गोविन्द गौतम घटना हुनसक्छ।” प्रचण्डले भने, “स्थायी समाधान खोज्नु पर्यो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अाफूलाई उनकाे सक्कली सेवक भएको सिद्ध गर्न अाम जनताले समेत लज्जित महशुस गर्ने गरी सत्तारुढ दल र प्रतिपक्षी दलका विभिन्न नेताहरुका साथै नागरिक समाजका अगुवाहरु समेतले मोदीले जस्तै भेषभुषा, भाषा र शैली अपनाउन तथा अाफ्नो राजनीतिक चिन्तन, दलीय अडान र राष्ट्रियता सार्वभौमसत्तालाई मोदीकाे चरणमा सुम्पन तँछाडमछाड गरिरहेकोबेला पूर्वप्रधानमन्त्री प्रचण्डकाे याे अभिव्यक्तिले देशभित्रका राष्ट्रघातीहरु, विदेशीका दलालहरु र लम्पसारवादीहरूलाई गतिलो झापड हुन पुगेकाे छ भने सम्पूर्ण राष्ट्रभक्त जनतालाई नेपालको सक्कली राष्ट्रवादी शक्ति र त्यसकाे नेता को हो भनेर पहिचान गर्ने मौका मिलेकाे छ ।

आफूले सरकारमा छँदा सीमा सुरक्षाको विषयलाई गम्भीरतापूर्वक पहल गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले सीमा सर्वेक्षणकाे काम तत्काल सम्पन्न गर्नुपर्ने र दुई देश बिचको सम्बन्धलाई सम्मानजनक ढङ्गले अझै विकास गर्नुपर्ने बताएको श्रोतले जनायो । उक्त अवसरमा अध्यक्ष प्रचण्डले भारतसँगको विगतको सम्बन्धमा ऐतिहासिक परिवर्तन गर्नुपर्नेमा समेत जोड दिएका थिए । दुबै छिमेकीहरु तीब्र आर्थिक विकासतर्फ अघि बढेको बेला नेपालले समेत दुबैका बिच पुलको काम गर्न सक्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

नेपाल भारतवादी या चीनवादी भनेर प्रचार गरिनेतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले नयाँ संविधानको कार्यान्वयनसँगै नेपालले दुबै छिमेकी बिच सन्तुलित सम्बन्धका अाधारमा समृद्धि हासिल गर्न खाेजेकाे बताएका थिए । “अब नेपाललार्इ हेर्ने दृष्टिकोणमा नै परिवर्तन अावश्यक छ, हामी दुर्इ देश बिच पुल बन्न सक्छाैँ, दक्षिण एसियालार्इ नै नयाँ अार्थिक र राजनीतिक केन्द्र बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गर्न सक्छाैँ ।”, अध्यक्ष प्रचण्डकाे भनार्इ थियो ।