क. प्रचण्ड मदन अाश्रित स्मृति दिवसमा Prachanda at Madan-Ashrit Memorial Day
 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताले मदन–आश्रितप्रति सच्चा श्रदाञ्जली हुने बताउनु भएकाे छ ।

नेकपा (एमाले) ले अाज अाफ्ना दिवंगत पार्टी महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज अाश्रितकाे स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले साे कुरा बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जाँदैछौँ । यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुनेछ ।’

चितवनकाे दासढुंगामा २०५१ जेठ ३ गते नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दूर्ङटनामा निधन भएकाे थियाे । साे घटनालार्इ नेकपा (एमाले)ले षड्यन्त्रपूर्वक हत्या गरिएकाे बताउने गरेकाे छ र साे काे छानबिनका लागि नेकपा (एमाले)का तत्कालीन स्थायी समिति सदस्य तथा हालका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद अाेलीकाे नेतृत्वमा एमालेकाे पार्टीगत अान्तरिक, पद्मरत्न तुलाधरकाे नेतृत्वमा नागरिक छानबिन समिति र सरकारले पूर्वन्यायधीस प्रचण्डराज अनिलकाे नेतृत्वमा सरकारी उच्चस्तरीय छानबिन समितिहरू बनेका भए पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन र कारबाही गर्न सकेकाे छैन ।

याे पनि पढ्नुहाेस्ः  एमाले-माअाेवादी एकताकाे तयारी