प्रचण्ड, Pushpa Kamal Dahal ,Prachanda, Chairman, Nepal Communist Party (NCP)
 

काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलाका जनता र राज्यको सार्वभौमिकताको समर्थन तथा लाोकतान्त्रिक रूपले निर्वाचित संवैधानिक राष्ट्रपति निकोलस मादुरोको मान्यताका लागि यो विज्ञप्ति जारी गर्दछ’, अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

अंग्रेजी भाषामा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइदोले गरेको स्वघोषणलाई अमेरिका र  अन्य क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले बोलिभारियन गणतन्त्र भेनेजुयलाका वैधानिक रूपमा निर्वाचित राष्ट्राध्यक्ष, राष्ट्रपति निकोलस मादुरो र भेनेजुयलाका जनसमुदायको विरूद्ध ठूलो ग्रान्ड डिजाइन भएको कुरा प्रष्टरुपमा देखाउँछ । यो अरुको आन्तरिक मामिलामा  स्वीकार गर्नै नसकिने एउटा हस्तक्षेप र साम्राज्यवादी ‘कू’को प्रयास हो ।’

अध्यक्ष प्रचण्डद्वारा जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण पाठ (नेपाली अनुवाद) ः

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलाका जनता र राज्यको सार्वभौमिकताको समर्थन तथा लाोकतान्त्रिक रूपले निर्वाचित संवैधानिक राष्ट्रपति निकोलस मादुरोको मान्यताका लागि यो विज्ञप्ति जारी गरेको छ ।

भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइदोले गरेको स्वघोषणलाई अमेरिका र  अन्य क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले बोलिभारियन गणतन्त्र भेनेजुयलाका वैधानिक रूपमा निर्वाचित राष्ट्राध्यक्ष, राष्ट्रपति निकोलस मादुरो र भेनेजुयलाका जनसमुदायको विरूद्ध ठूलो ग्रान्ड डिजाइन भएको कुरा प्रष्टरुपमा देखाउँछ । यो अरुको आन्तरिक मामिलामा  स्वीकार गर्नै नसकिने हस्तक्षेप र साम्राज्यवादी ‘कू’को प्रयास हो । अमेरिकाले विगत एक दशकदेखि भेनेजुयलामा अमानवीय आर्थिक नाकावन्दी लगाउँदै र सैन्य हस्तक्षेपको धम्की दिँदै अराजकता र हिंसा मच्चाउन खोजिरहेको छ । यो संयुक्त राष्ट्रसंघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमाथि गम्भीर चुनौति हो । तसर्थ, हामी संयुक्त राज्य अमेरिका र अरू देशहरुलाई अहस्तक्षेप, राष्ट्रिय सम्प्रभुता र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई सम्मान गर्न अपिल गर्दछौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेनेजुयलामा जनविरोधी तथा साम्राज्यवादी शक्तिहरूको घुसपैठ गर्ने कार्यको दृढतापूर्वक विरोध गर्दछ र अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र सम्पूर्ण सार्वभौम राष्ट्रहरुलाई ऐक्यवद्धताका लागि खडा हुन र राष्ट्रिय तथा जनताको सार्वभौमिकताको प्रतिरक्षाका लागि भेनेजुयलाका जनताको संघर्षलाई समर्थन गर्न अपिल गर्दछ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

जनवरी २५, २०१९

NCP's Press release for the solidarity with Venezuela and Nicolas Maduro