नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कारण विश्वमा नेपालको सम्मान र इज्जत बढेको भन्दै वधाई तथा शुभकामना दिनुभएको छ ।
खुमलटारस्थित निवासमा आज बिहान भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिँदै अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले आफूलाई खुशी लागेको बताउनुभयो ।
राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा राम्रो योगदान पुग्ने बताउँदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सहयोग गर्ने बताउनुभयो ।













