Comrade Pushpa Kamal Dahal, Prachanda, Chairman of the Communist Party of Nepal (CPN)
 

चितवन । भेनेजुएलाको राजनीतिक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिका विषयमा अहिले अनेक टिकाटिप्पणी चलिरहेको र सरकार तथा पार्टीमा मतभेद देखिएको बताइए पनि अध्यक्ष प्रचण्डले भने भेनेजुएलाको विषयमा जारी गरेको विज्ञप्तिबारे आफू अडिग रहेको कुरा एक पटक फेरि प्रष्ट पार्नुभएको छ।

बिहिबार चितवनको भरतपर पुग्नुभएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो – “एउटा स्वतन्त्र सार्वभौमसम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ दिइएको थियो। पछि परराष्ट्र मन्त्रालयबाट जुन ‘स्टेटमेन्ट’ जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटबाट आएको थियो। अस्ति प्रधानमन्त्री समेत हामी सचिवालयका बैठक बसेर हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएको हुनाले अब अरु कुराले केही अर्थ राख्दैन।”

उहाँले भन्नुभयो, “मिडियामा प्रचण्डले मलाई फसाइयो भन्यो भन्ने जस्ता कुरा पनि आए। मैले त्यो भनेको पनि होइन् । पछि सरकार, पार्टी पराराष्ट्र मन्त्रालयबाट जे विज्ञप्ति आयो त्यही नै सही हो भनेर फेरि स्पष्ट पारिसकिएको छ। म तपाईंहरुलाई फेरि के कुरामा स्पष्ट पार्न चाहन्छु भने सचिवालयको बैठकले त्यही स्प्रिटमा वक्तव्य जारी गरिसकेपछि अब व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।”

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी ओली समेत सहभागी रहेको नेकपाको सचिवालय बैठकले अमेरिकी हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी गरेकाले अब अरू कुराको अर्थ नरहने प्रष्ट पार्नुभयो ।

भनेजुएलाबारे जारी विज्ञप्तिहरू यस्ता थिएः

PRachanda, NCP's statement, solidarity with Venezuela and Nicolas Maduro

Government of Nepal, Press statement, Ministry of External Affairs, MOFA

Press Release NCP

Press note from the secretariat of the Chairman Prachanda