प्रचण्ड, Pushpa Kamal Dahal ,Prachanda, Chairman, Nepal Communist Party (NCP)
 

काठमाडौँ । जनसाँस्कृतिक महासंघ नेपालको आयोजनामा यहीँ फागुन १ गते २४ औं जनयुद्ध दिवस विविध कार्यक्रहरू सहित भव्य रूपले मनाइने भएको छ ।

राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गर्न लागिएको जनयुद्ध दिवसलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  क. प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष सरल सहयात्रीले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिए ।

कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहने बताईएको छ ।

जनसाँस्कृतिक महासंघ नेपाल नेकपा निकट लेखक, बुद्धिजीवी र कलाकारहरुको संगठन हो ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी)ले रोल्पाको होलेरी चौकी, गोरखाको च्याङ्ली कृषि बिकाश बैंक र रुकुमको राडी ज्युला प्रहरी चौकी कब्जा गर्दै र देशभर अरु साना ठूला फौजी कार्वाहीहरु गर्दै दीर्घकालिन रुपमा सशस्त्र जनयुद्धको घोषणा गरेको थियो ।

२०६२/ २०६३ को ऐतिहासिक संयुक्त जनआन्दोलन सफल भएसँगै सरकार र तत्कालिन माओवादी बिचमा विस्तृत शान्ति सम्झौता भएको थियो । सो सम्झौतापत्रमा हस्ताक्षरसँगै  नेपाललाई गणतन्त्रको युगमा पुर्‍याउन सफल दश बर्षे महान जनयुद्धको नेतृत्व गरेको तत्कालिन नेकपा (माओवादी) शान्तिपूर्ण राजनीतिमा सहभागी हुँदै संविधान सभाको निर्वाचनमा भाग लिएको थियो र मुलुकको पहिलो शक्तिका रूपमा स्थापित भएको थियो ।