प्रचण्ड, Pushpa Kamal Dahal Prachanda, पुष्पकमल दाहाल,
 

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले शान्ति सम्झौता तथा संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिनुभएको छ।

शुक्रवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रचण्डले भन्नुभयो – “हामीले शान्ति सम्झौता र संविधानसभाबाट संविधान बनाएर जुन प्रतिज्ञा गरेका छौं, सोही अनुरुप अघि बढ्न सकेनौँ भने नचाहँदा-नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,।”  उहाँले भन्नुभयो, -“परिकल्पना गरौँ, त्यो कति भयानक होला ?  अबको नेपालले त्यो धान्न सक्ला ?”

शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा धमाधम अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरुलाई राज्य सञ्चालनमा समुचित स्थान दिन र त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरी शान्ति र समृद्धिको नयाँ युगतिर जाने परिकल्पनाका साथ जनयुद्ध सञ्चालन गरिएको बताउनुभयो ।

प्रचण्डले सोही “स्प्रीड”का साथ तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीका बिच १२ बुँदे हुँदै शान्ति सम्झौता गरेको पनि स्मरण गराउनुभयो ।