काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डलाई अमेरिकामा भब्य स्वागत गरिएको छ । अमेरिकाको वाशिङ्गटन डिसि स्थित नेपाली दुतावासमा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले पुष्पगुच्छाका साथ अध्यक्ष प्रचण्डको भब्य स्वागत गर्नुभएको हो ।

दुतावासमा सम्पन्न स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव गंगा दाहाल र अमेरिकाका लागि नेपालि राजदुतावासका कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा राजदुत कार्की लगायत अन्य कर्मचारीहरुले अध्यक्षलाई त्यहाँका वारे जानकारी गराउनुभएको थियो । अध्यक्ष प्रचण्डले अमेरिका र नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ र सुमधुर बनाउने बारे आफ्ना धारणा राखेको उहाँकी स्वकीय सचिव गंगा दाहालले जनाउनुभएको छ ।

मंगलवार अध्यक्ष प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’को सर्कुलर समेत जारी गरेको थियाे ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि चैत ३ गते आइतवार अमेरिका प्रस्थान गर्नुभएको थियो ।

अध्यक्ष परिवार उपचारका लागि अमेरिकाको वाल्टीमोर स्थित जोन हकिन्स अस्पताल पुग्नुभएको पनि छोरी तथा अध्यक्षकी स्वकीय सचिव गंगा दाहालले जनाउनुभएको छ ।









