Chairman PRachanda and Scott H Delisi
 

काठमाडौं, पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्ड र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीबीच अमेरिकामा भेटवार्ता भएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुग्नुभएका नेकपा अध्यक्ष प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसंग भेट गर्नुभएको हो ।

भेटमा डेलिसीले आफू नेपालका लागि अमेरिकी राजदूत हुँदा तत्कालिन माओवादी अध्यक्ष प्रचण्डसंग शान्ति प्रक्रियाको बारेमा नजिकबाट काम गरेको स्मरण गर्नुभयो ।

सात वर्ष अघि आफूहरुबीच भएको वार्ताहरु सफल भएपनि नेपाललाई समृद्धि बनाउने काम अझै बाँकी रहेको बताउनुभयो । डेलिसीले नेपाल र नेपालीको संषर्घ पूरा होस् भन्ने कामना गर्नुभयो । उहाँले अध्यक्ष प्रचण्डको विचार र आफूहरुबीच भएको वार्ता जीवनका लागि महत्वपूर्ण भएको पनि बताउनुभयो ।

यसअघि बुधवार अमेरिकाकाे वासिंगटन डिसी स्थित नेपाली दुतावासमा उहाँकाे भब्य स्वागत गरिएकाे थियाे ।