काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका नेता हेमन्तप्रकाश ओलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राती काभ्रेबाट ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरेको हो ।
ओलीले नक्खु र काठमाडौंमा भएका ठूला विस्फोटका घटनाको जिम्मेवारी लिएको प्रहरी स्रोतको भनाइ छ ।
काभ्रेबाट काठमाडौं आइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।