काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्चा उठाएर काम गर्नुभएकाे छ । राष्ट्रपति सीले बेल्चा उठाएर काम गर्न थालेपछि उहाँको सर्वत्र चर्चा भएकाे छ । राष्ट्रपति सीले चीनमा सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएर काम गर्नुभएकाे हाे ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागिता थियाे । राष्ट्रपति सीले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आफैँ बाल्टी र बेल्चा उठाउनुभएकाे हाे।

राष्ट्रिपति सीले बेल्चा उठाएर माटो फाल्नुका साथै विरुवामा पानी हाल्नुभएकाे थियाे । कार्यक्रमलाइ सम्बाेधन गर्दै राष्ट्रपति सीले भन्नुभयाे – ‘चीनको लामो समयसम्म राम्रो परम्परा रहेको छ । हामीले हाम्रा कानुनी कर्तव्यहरू पूरा गर्न रूखहरू लगाएका हाै‌ं।’

राष्ट्रपति सीले रूख रोप्ने कार्य एक सुन्दर चीन निर्माण गर्ने काम रहेको बताउनुभयाे । उहाँले विद्यार्थीसँग उनीहरुको शैक्षिक क्रियाकलापबारे कुराकानी गर्नुभएकाे थियाे ।