काठमाडौं, अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन अनुराेध गरेको छ ।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो ।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष निक जीले प्रधानमन्त्री केपी ओलीको नाममा लेखेको पत्रमा भनिएको छ – ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।’