Chairman Prachanda, EX PM and Chairman of Nepal Communist Party (NCP)
 

काठमाडौँ, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा  समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् भन्ने कामना गर्नु भएको छ।

आज एक फेसबुक पोस्ट गर्दै उहाँले “नव वर्ष २०७६ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीकाे उत्तरोत्तर प्रगती तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना” व्यक्त गर्नु भएको छ ।

शुभकामनाको पूर्ण पाठः

नव वर्ष २०७६ सालको सुखद अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीकाे उत्तरोत्तर प्रगती तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । याे वर्ष समतामुलक समृद्धिमार्फत समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस, स्थायी शान्ति तथा विकासकाे वर्षका रुपमा रहाेस् । नेपाली जनताले संविधान निर्माणमार्फत देखेका सपना पूरा गर्ने वर्षका रुपमा रहाेस् । सबैमा हार्दिक मंगलमय शुभकामना !!!

Chairman-Prachanda-Happy-new-year-2076-leftreviewonline