Netra Bikram Chanda Biplab
 

कञ्चनपुर, नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका कृष्णपुर नगरपालिका सेक्रेटरी रामप्रसाद भट्टलाई प्रहरीले  पक्राउ गरेको छ । भट्टलाई कृष्णपुर रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएकाे छ ।

पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताब बरामद गरेकाे प्रहरीले जनाएकाे छ । कृष्णपुरमा रहेकाे एक क्रसर उद्योगमा केही दिन अघि  भएकाे जेसिभी आगजनीमा संलग्नता भए/नभएको बारे भट्टसँग सोधपुछ गरिने बताइएकाे छ।

भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।