काठमाडौं, आइतबार प्रज्ञाभवनमा भएको कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ ।
कार्यक्रम संयोजक डा. विजयकुमार पौडेलले साँझ विज्ञप्तिमार्फत कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा सबै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि सार्वजनिक गर्दै कुनै पनि कार्यक्रमपछि सम्बन्धित कार्यस्थलमै आय-व्यय सार्वजनिक गर्ने (स्पट अडिट) अंगीकार गरिएको बताउनु भएको छ ।
‘जिम्मा पाएका हरेक क्षेत्रमा स्पट अडिटलाई कडाइपूर्वक लागू गर्दै आएको छु ।’ संयोजक पौडेलले भन्नुभएको छ – ‘समय अभावका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम चलिरहेकै बेला हिसाब-किताब सार्वजनिक गर्न सकिएन, यसैलाई ‘स्पट अडिट’ मानिदिनुहुन अनुरोध छ ।’