काठमाडौँ । विश्वव्यापी रूपमा मार्क्सवादको स्कुलिङ सञ्चालन गर्ने अभियान अन्तर्गत आजबाट नेपालमा मार्क्सवादी स्कुल आज पूर्वउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एक समारोहका बिच समुद्घाटन गर्नुभएको छ ।
विश्वभर विभाजित र खण्डित अवस्था रहेको कम्युनिस्ट आन्दोलनमा ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्यको एउटा साझा मञ्चको रुपमा विश्वस्तरमा अभियान सञ्चालन गरिरहेको जनताको अन्तर्राष्ट्रिय सभाको एसियाली च्याप्टरको रुपमा नेपालमा मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रका कक्षाहरू आजबाट सञ्चालन हुँदैछन्, यसलाई ‘मदन भण्डारी व्याच’ नामाकरण गरिएको छ । यसका कक्षाहरू बैशाख २२ गतेदेखि जेठ ११ गतेसम्म २१ दिनसम्म सञ्चालन हुनेछन् ।
मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रका उद्घाटन समारोहका केही झलकहरूः