काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै पार्टी एकताका सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताउनुभएकाे छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा वाेल्दै प्रचण्डले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा घाेषणा गर्नुभयाे।
अधिवेशन वा निश्चित प्रक्रियामार्फत संगठनलाई मजबुत बनाउने धारणा राख्दै उहाँले संगठनलाई मजबुत बनाई जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे – ‘लामो समयपछि जनताले स्थिर सरकार पाएका छन् । याे सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ।’
स्व. मदन भण्डारीले थालेको आन्दोलनलाई थप उचाइमा पुर्याउन सिंगो पार्टी नै लाग्ने बताउँदै उहाँले प्राप्त उपलब्धिलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नुपर्ने धारणा राख्नुभयाे । प्रचण्डले उपलब्धिहरु संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताउनुभयाे।
अध्यक्षले भन्नुभयाे – ‘विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएन । हामीले अन्धो भएर एकता गरेका होइनौँ। हामी नयाँ प्रक्रियामा जाँदैछौँ।’ जनताको बहुदलीय जनवादलाई वैज्ञानिक समाजवादतर्फ लैजानु आजको आवश्यकता भएको मा उहाँकाे जाेड थियो।