Kathmandu Marriott Hotel International
 

काठमाडौं । नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित यस होटलले पछिल्लो पिँढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।

मेरिएट इन्टरनेशनल, दक्षिण एसियाका क्षेत्रका उपाध्यक्ष निराज गोभिलले भन्नुभयो, “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक १० लाख पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोवासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरू प्रदान गर्दछ ।”

“व्यावसायिक यात्रुहरु र फुर्सदिलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै युनेस्को विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरु रहेका छन् जसमा अतिथिहरुले आनन्ददायक क्षेत्र र मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन ।”

होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्ग ५०० केजीको पूजा गर्दा प्रयोग गरिने घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको कलायुक्त कार्पेट हुबहु नेपालको राष्ट्रिय पोशाक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।

Kathmandu Marriott Hotels International

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र आकर्षक प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचिलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछ्यौना तथा जालीयुक्त कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले सकरात्मक उर्जा प्रदान गर्दछ ।

काठमाडौं मेरिएट होटलका महाप्रबन्धक जिन लुइस रिपोचीले भन्नुभयो, “काठमाडौं मेरिएट होटल बस्नका लागि एकदम उत्तम बनाउन अतिथिहरूको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ भोजनगृहमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जनहरू प्रदान गर्दछौं, जसले काठमाडौंको भोजन संस्कृतिलाई उचाई प्रदान गरेको छ ।”

होटल व्यवस्थापनले बताए अनुसार अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको भोजनको अनुभव छनौट गर्न सक्छन् जसमा ‘अल डे डाइनिंग रेष्टुरेन्ट’, ‘ठमेल किचन’ रहेको छ, जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ । ‘एडमामी’ एसियाली विशेषता भएको रेष्टुरेन्ट हो जसले थाई, जापनीज र चाइनिज भोजन पेश गर्दछ, जसमा विशेष ‘याकिटोरी स्टेसन’ पनि रहेको छ । ‘रक्सी’ एक ‘म्युजिक बार’ हो जसले स्थानीय सामग्रीहरूको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र जाज् म्युजिक सेसन पनि आयोजना गर्दछ । बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउसोको कफी ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफि आधारित पेय पदार्थ पेश गर्दछ ।

७४० स्क्वायर मिटरभन्दा बढी क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठूलो होटल हो । एम–क्लवबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४सौं घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान भएको होटल व्यवस्थापनको दावी छ ।

स्वास्थ्य र सर्वाङ्गीण वेल–विगंसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिटमेन्ट कक्षहरु रहेका छन् जसमा दिमाग र शरीरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिटमेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर रहेका छन् ।

यात्रीहरुले होटलबाट केही पैदलको दुरीमा रहेका एतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्वशाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन्, पुनः कफी खान, दरबारमार्गको गल्लिमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन् । यस बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरिमा रहेको छ ।

६५ देशहरु र विश्वका भूभागमा ५०० भन्दा बढी होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पिँढीलाई उत्कृष्ट तरिकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोवल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश रहेको छ ।