रेनु दाहाल, Renu Dahala, Mayor, Bharatpur
 

चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु अस्वभाविक भएकाेले सम्बन्धित पक्षलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन अपिल गरेकी छिन् ।

आज एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख दाहालले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका मेयरमाथि लगाइएकाे आरोप र गालीगलौजको पनि भत्सर्ना गरेकी छिन् ।

कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्त्व सम्मानित अदालतको भएको हुँदा यस सम्बन्धमा निष्पक्ष, सत्यतथ्य छानबिन गरी ‘दोषी नछुटून् र निर्दोष नपरून्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ।

सो घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरूको विषयलाई लिएर कतिपय व्यक्तिबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जन गर्ने प्रवृत्ति देखिनु दुःखद् भएको महानगर प्रमुख रेनु दाहालद्वारा बिहिवार जारी विज्ञप्तिमा भनिएको छ।

Renu Dahal, Bharatpur manapa on Rabi lammichhane and shalik ram suicide case, पत्रकार शालिकराम पुडासैनीकाे मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाइयोस् - मेयर रेनु दाहाल विज्ञप्ति