अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), Flag of ANPFa RC, All Nepal Peasants' Federation (Revolutionary centre)
 

काठमाडौँ । अखिल नेपाल किसान महासंघले किसान शहीद क. भीमदत्त पन्त र किसान नेता क. तुलसीलाल अमात्यका साथै सम्पूर्ण किसान नेताहरू र शहीदहरूले देखेको नेपालमा कृषि क्रान्ति गर्ने र  शोषणरहित नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

देशको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले आज किसान शहीद दिवस, ६७औँ भीमदत्त पन्त स्मृति दिवस तथा २३औँ तुलसीलाल अमात्य स्मृति दिवसको उपलक्ष्यमा एक प्रेस वक्तव्य जारी गर्दै “कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब, तिम्रो हुन्न भलो भन्ने मूल नाराका साथ सुदुरपश्चिम क्षेत्रका किसानहरुलाई संगठित गर्दै संघर्ष गर्नुभएका र भारतीय सेनासँग समेत मुडभेड गरी नेपाली जनताको आत्मसम्मान र स्वाधीनताका लागि संघर्ष गर्नु भएका महान किसान नेता तथा किसान शहीद क. भीमदत्त पन्तको स्मृति दिवसलाई नेपालका क्रान्तिकारी किसानहरुले नेपाली किसान आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुको सम्मानमा ‘किसान शहीद दिवस’को रुपमा मनाउँदै आएको” बताउँदै “आज किसान शहीद दिवस तथा भीमदत्त पन्त स्मृति दिवसको उपलक्ष्यमा क. भीमदत्त पन्तसहित सम्पूर्ण किसान शहीदहरुप्रति हाम्रो महान तथा गौरवशाली किसान संगठन अखिल नेपाल किसान महासंघको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ”, भनेको छ ।

अखिल नेपाल किसान महासंघका संयोजक क. हरि पराजुली र सहसंयोजक क. चित्रबहादुर श्रेष्ठको संयुक्त हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा  “नेपाली किसान आन्दोलनका शिखर व्यक्तित्व तथा तत्कालीन अखिल नेपाल किसान संघका संस्थापक नेता एवम् पूर्वअध्यक्ष क. तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसको उपलक्ष्यमा उहाँप्रति पनि हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ”, भनिएको छ ।

विज्ञप्तिमार्फत किसान महासंघले क. भीमदत्त पन्त, क. तुलसीलाल अमात्य र अन्य महान किसान नेताहरु तथा किसान शहीदहरुले नेपाली किसानहरु र समस्त नेपाली जनताको वर्गीय मुक्ति आन्दोलनमा खेलेको ऐतिहासिक भूमिकाको उच्च सम्मान गर्दै उहाँहरुले देखेको कृषि क्रान्ति गर्ने, अन्याय, अत्याचार, शोषण तथा विभेदरहित, समानता र स्वतन्त्रतासहितको नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढ रहदैँ नेपाली किसान आन्दोलनको अनवरतरुपले नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठः

अखिल नेपाल किसान महासंघ
केन्द्रीय समिति

मितिः २०७७/०४/१७

प्रेस विज्ञप्ति

नेपाली जनता र किसानहरुको मुक्तिको महान आदर्शसहित सुदुरपश्चिम क्षेत्रमा सशस्त्र किसान संघर्ष सञ्चालन गर्नुभएका महान किसान नेता तथा किसान शहीद क. भीमदत्त पन्तको हत्या भएको आज ६७ वर्ष पुगेको छ । ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब, तिम्रो हुन्न भलो’ भन्ने मूल नाराका साथ सुदुरपश्चिम क्षेत्रका किसानहरुलाई संगठित गर्दै संघर्ष गर्नुभएका र भारतीय सेनासँग समेत मुडभेड गरी नेपाली जनताको आत्मसम्मान र स्वाधीनताका लागि संघर्ष गर्नु भएका महान किसान नेता तथा किसान शहीद क. भीमदत्त पन्तको स्मृति दिवसलाई नेपालका क्रान्तिकारी किसानहरुले नेपाली किसान आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुको सम्मानमा ‘किसान शहीद दिवस’को रुपमा मनाउँदै आएका छन् । आज किसान शहीद दिवस तथा भीमदत्त पन्त स्मृति दिवसको उपलक्ष्यमा क. भीमदत्त पन्तसहित सम्पूर्ण किसान शहीदहरुप्रति हाम्रो महान तथा गौरवशाली किसान संगठन अखिल नेपाल किसान महासंघको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । त्यसरी नै नेपाली किसान आन्दोलनका शिखर व्यक्तित्व तथा तत्कालीन अखिल नेपाल किसान संघका संस्थापक नेता एवम् पूर्वअध्यक्ष क. तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसको उपलक्ष्यमा उहाँप्रति पनि हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

क. भीमदत्त पन्त, क. तुलसीलाल अमात्य र अन्य महान किसान नेताहरु तथा किसान शहीदहरुले नेपाली किसानहरु र समस्त नेपाली जनताको वर्गीय मुक्ति आन्दोलनमा खेलेको ऐतिहासिक भूमिकाको उच्च सम्मान गर्दै उहाँहरुले देखेको कृषि क्रान्ति गर्ने, अन्याय, अत्याचार, शोषण तथा विभेदरहित, समानता र स्वतन्त्रतासहितको नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढ रहदैँ नेपाली किसान आन्दोलनको अनवरतरुपले नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

किसान एकता – जिन्दावाद ।
महान किसान शहीदहरु – अमर रहून् ।
कृषि क्रान्ति – जिन्दावाद ।

हार्दिक क्रान्तिकारी अभिवादन सहित ।

हरि पराजुली
संयोजक

चित्रबहादुर श्रेष्ठ
सहसंयोजक