pm kp sharma oli, kp oli, khadga p oli, केपी ओली, खड्गप्रसाद
 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन र महामारी आउन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री बिच आइतबार साँझ भएको भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता बढाएको, रक्षात्मक उपकरण र स्वास्थ्यकर्मीलाई प्रेरित गर्न सुविधा बढाएको बारे बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले अस्पतालको क्षमता बढाइराखेका छौँ’, उनले भने, ‘साथै स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न रक्षात्मक उपकरण र सुविधा प्रदान गरेका छौँ ।” कोरोना भाइरसविरुद्ध लड्न तयारी बढाउन विभिन्न उपाय अपनाएको उहाँको भनाइ छ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सार्क राष्ट्र बिच भिडिओ सम्मेलन गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने बताएपछि कन्फरेन्स भएको हो ।

मोदीले सार्क एक हुनुपर्ने भन्दै गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका नेताहरू कन्फ्रेन्समा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कन्फ्रेन्समा सहभागी हुनुभएको हो । कन्फ्रेन्समा सम्बोधन गर्ने सार्क नेताहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।