लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ । अझ त्यसअघि नै सबैजसो दलका घोषणा पत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष्य पनि समाजवाद नै रहिआएको छ । तर विडम्बना ती कागजमै सीमित...बाँकी
नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरि पनि उही मध्यावधि चुनाव गरेर देशको थप धनजनको क्षति गराउने वा पुरानै संसद् पुनर्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रशंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु...बाँकी
आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन । चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन । त्यसैले सर्वप्रथमत: यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु । द्वित्तीय, उहाँले गर्नुभएका चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्ति लगायतका...बाँकी
काठमाडौँ । सुपरिचित नेपाली राष्ट्रवादी व्यक्तित्व, वामपन्थी नेता तथा समाजवादी अभियन्ता क. स्वनाम साथीको निधनमा एमसीसी खारेज अभियान नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक शोक वक्तव्य जारी गरेको छ । अभियानका संयोजक क. नारायण शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा क. स्वनाम साथी (शशी शेरचन) प्रति हार्दिक श्रद्धाञ्जली...बाँकी
यही कार्तिक १९ (नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् । प्रथमतः कुनै एक देशको सेनापतिलाई कुनै अर्को देशको राष्ट्रपतिले सम्मान स्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हाँस्यास्पद र घृणास्पद कुरा हो ।...बाँकी
मे १५ विश्वभरका मानवजातिले आफ्नो र आफू जन्मिएको नश्ल, वर्ण, जाति, वंश, कुल, गोत्र र थरसँग सम्बन्धित आफ्ना पिता-पुर्खा/माता-महामाताको पहिचान, सम्झना र सम्मान गर्दै आआफ्ना अभिभावक-संरक्षकहरु, परिवारका सदस्यहरु, आफन्तहरु, बन्धु-बान्धवहरु, नाता-कुटुम्बहरु र इष्टमित्रहरु हुँदै सैना-मीत, साथीसङ्गी, गुरुकुल-स्कुल, कमरेड-दोस्त, गाउँघर, छरछिमेक र समुदाय-समाज, पार्टी-प्रतिष्ठान, राष्ट्र र अन्तर्राष्ट्रसम्मका सबै मानवजातिसँग...बाँकी
हे मेरो सरकार, नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो ! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदि हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ - १. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका...बाँकी
आजभन्दा २५६४ वर्षअघि नेपालको लुम्बिनीमा शाक्य वंशको राजपरिवारमा आजकै बैशाख शुक्ल पूर्णिमाका दिनमा जन्मिएका र राजा हुने निश्चित रोलक्रममा रहेका शाक्यमुनि नामका प्रथम राजकुमार गौतम बुद्ध नामबाट आज विश्वप्रसिद्ध भगवानका रुपमा स्मरणीय, अनुकरणीय, स्तुत्य र पुज्य भएका छन् । म पनि बुद्धका केही अनुपम र अतुलनीय विचार, भावना...बाँकी
नेपाल सरकारका पूर्वसचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम उपाध्याय गएराति नै गिरफ्तार भएको खबर आज लोकतन्त्र दिवसको एकाबिहानैको हट केक अर्थात ताजा खबरको रुपमा आयो । विडम्वना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो । लोकतन्त्र भनेको त लेख्न,...बाँकी
नेपालमा विगत लामो समयदेखि भइरहेका बेथिति, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रष्टाचार आदि-इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गइरहेका छन् । त्यसमाथि हालैको आयातित अनिष्ट (कोरोना भाइरस नामक विश्वव्यापी महामारी) को प्रकोप र आतङ्कसँगैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका...बाँकी