हालै सम्पन्न भएको निर्वाचनबाट जनताले अनुमोदित गरेको संयुक्त वामगठबन्धनप्रति इमान्दार भएर आआफ्नो ठाँउबाट केन्द्रदेखि स्थानीयसम्म पार्टी एकताकालागि दबाव अभियान सुरु गरौँ।
१. मेरो विचारमा पहिलो उत्तम विकल्प भनेको कमरेड केपी शर्मा ओली ५ वर्ष प्रधानमन्त्री र कमरेड प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्यो भने त्यो सम्मानजनक र प्रभावकारी एकता हुन्छ।
२. माथिको प्रस्तावलाई स्वीकार गर्न सकिन्न भने कमरेड प्रचण्डले भनेजस्तै आलोपालो प्रणालीबाट अढाई बर्ष एउटा प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष भएर पनि एकता गर्न सकिन्छ।
३. माथिका दुवै प्रस्ताव प्रति जो इमानदारीपुर्वक लाग्दैन त्यों दुनियाँको इतिहासबाट पतन हुनेछ र फेरि जनताले बाई बाई गरेको कांँग्रेस र जनताले खासै विश्वाश नगरेको विप्लवको पार्टी हावी हुने सम्भावना छ। फेरि नेपालको कम्युनिस्ट आन्दोलन ५० वर्ष पछाडि धकेलिने छ। त्यसकारण क. केपी ओलीले नि ठुलो त्याग र इमानदारिता देखाउनु पर्ने आवश्यकता छ । कि त प्रधानमन्त्री रोज्नुपर्यो ? कि त पार्टी अध्यक्ष नै । एकै जनाले दुईवटा पद लिन खोजियो भने पार्टी एकतामा आँच आउन सक्छ र पदलोलुपताको आरोप पनि लाग्छ । त्यसकारण दुई विकल्पमध्ये एउटालाई मान्नु पर्छ। माओवादी केन्द्रको हक़मा जहाँसम्म क. प्रचण्डले यो दुईवटा विकल्पलाई छोड्नु हुन्न र छोड्नु पनि राम्रो होइन। कतै केपी कमरेडलाई कमरेड प्रचण्ड अध्यक्ष बन्यो भने पार्टी नै क़ब्ज़ा गर्छ भन्ने पनि डर हुन सक्छ तर त्यो सानो र संकीर्ण सोच मात्रै हो । क. प्रचण्डले आफुसँग बहुमत हुदाँ हुदै पनि सजिलै दुई पटक प्रधानमन्त्री पदबाट राजीनामा दिएको ताज़ा इतिहास तपाई हाम्रो आँखा अगाडि जीवित नै छ।
४. तेश्रो विकल्प यदि एमालेले धोका दियो भने प्रचण्ड वाध्य हुनेछन् । काँग्रेसले लेखेरै ५ बर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्तावलाई मान्न तर यो प्रस्ताव सबभन्दा बढ़ी घातक र अप्राकृतिक हुन्छ। त्यसकारण समयमै मेरा गोरुका ब्राहै टक्का भने जस्तै दुवै नेताहरु प्रस्तुत हुनुभयो भने नेपाली जनताको पवित्र चाहना र भावनामाथि ठुलो खेलबाड हुनेछ । यदि यसो गरियो भने इतिहासको पानामा दुवै नेताहरु कुडाकर्कटमा मिल्कनेछन् र भोलीको पिँडीले दुबै नेतालाई श्राप्नेछन् । जँहासम्म यस्तो भुल नेताहरुले गर्ने छैनन् ।
(लेखक अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य हुन् र प्रस्तुत बिचार लेखकका नीजि हुन् ।)