Kim Il Sung, Korean Revolution, DPRK
 

स्वतन्त्रता र समाजवादी क्रान्तिअघि कोरिया र कोरियाली जनताः

जापानी साम्राज्यवादीहरुले सन् १९०५ को नोभेम्बर १७ मा इतिहासमा कहिल्यै नभएको डकैतीपूर्ण तरिकाले हस्तक्षेपकारी ‘५ बुँदे उल्सा सन्धि’को षडयन्त्र रचे । तिनीहरुले कोरियालाई उपनिवेश बनाए र सो ‘सन्धि’को ‘कानुनी आधार’मा कोरियाली जनतामाथि कहिल्यै नसुनिएको दुःख र दूर्भाग्य थोपरे । सो सन्धि जापानी साम्राज्यवादीहरुले सैन्य त्रास र धम्किको माध्यमबाट बनाएको धोकापूर्ण दस्तावेज थियो ।

जापानी साम्राज्यवादीहरुको बन्दूकको बलमा बनाएको यो गैरकानुनी किर्ते दस्तावेजका साथै गैरकानुनी र अवैधानिक सन्धिको आधारमा कोरियाको सार्वभौमसत्तामाथि धावा बोले र कोरियाली जनतालाई आफ्नो दास बनाए । लुटेरा खालको सन्धिको माध्यमबाट कोरियाली जनसमुदायलाई दास बनाउने, कोरियाको सामाजिक–आर्थिक विकासलाई दबाउने, सन् १९४५ को अगस्टमा पराजित भएपछि कोरियाली प्रायद्वीपलाई दुई टुक्रा पार्ने र सन् १९५० मा कोरियाली जनताको विरुद्ध अमेरिकी हस्तक्षेपकारी युद्धमा भाग लिने जस्ता असंख्य अपराधहरु गरेका छन् ।

तिनीहरुले कोरियाली जनतालाई दिएका गहिरा चोटहरु आलै छन्, निको भएका छैनन् र खोलामा जतिधेरै पानी बगे पनि तिनीहरुका अपराधहरु न छोपेर छोपिन्छन्, न मेटेर मेटिन्छन् ।

किम इल सुङ र समाजवादी क्रान्तिपछिको कोरियाः

Jo Yong Man, DPRK, Ambassador
राजदूत जो योङ मान

बिसौँ शताव्दीको पहिलो अर्धशतकमा जब कोरियालाई जापानी साम्राज्यवादीहरुद्वारा उपनिवेशमा परिणत गरियो र यसको इतिहास, संस्कृति र मौखिक तथा लिखित भाषालाई समाप्त पारियो, महान् राष्ट्रपति किम इल सुङले कोरियाली राष्ट्र आफैले देशलाई मुक्त गर्ने एउटा नयाँ मार्ग पहिल्याउनु भयो ।

उहाँले मानव विचारधाराको इतिहासमा एउटा मनुष्य–केन्द्रित दर्शनको रुपमा जुछे विचारको प्रवर्तन गर्नुभयो र औपनिवेशिक अवस्थामा रहेका मुलुकका जनताले राष्ट्रिय मुक्ति आफ्नै बलमा प्राप्त गर्नुपर्छ भन्ने क्रान्तिकारी संघर्षको सत्यतालाई उजागर गर्नुभयो । कुनै पनि देशको क्रान्ति आफ्नै प्रयत्नमा हासिल गर्नुपर्छ र आम जनसमुदायको शक्तिमाथि भरोसा गर्दै सशस्त्र संघर्ष संगठित गरेर साम्राज्यवादीहरुलाई आफैले पराजित गर्नुपर्छ भन्ने उहाँको विचार नवीन थियो, जुन मानव इतिहास र पूर्ववतः सिद्धान्तहरुमा पाइँदैनथ्यो ।

महान् जुछे विचारको सिर्जना र सशस्त्र संघर्षलाई संगठित गर्ने विचारद्वारा औपनिवेशिक मुलुकहरुको राष्ट्रिय मुक्ति आन्दोलनको इतिहासमा एउटा नयाँ युगको सुरुवात ग¥यो, जुन पहिले विन्ति पत्र, प्रदर्शन, विद्रोह र हुलदंगाको रुपमा हुन्थे ।

किम इल सुङको सर्वोच्च नेतृत्वमा कोरियाली क्रान्तिकारीहरु र जनताले जापानविरोधी वीरतापूर्ण सशस्त्र संघर्षलाई शानदार विजयसम्म पुर्‍याउँदै देशलाई जापानी साम्राज्यवादीहरुको चार दशक लामो सैन्य अधिपत्यबाट मुक्त गरे । बिस बर्ष लामो र कठोर जापानविरोधी क्रान्तिकारी संघर्षलाई विजयसम्म पुर्‍याउने कोरियाली मुक्तिको ऐतिहासिक उद्देश्य हासिल भएपछि किम इल सुङले उर्जावान तरिकाले एउटा नयाँ देश निर्माण गर्ने कामको नेतृत्व गर्नुभयो । ।

उहाँले स्वतन्त्र कोरियामा एउटा पार्टी, एउटा सेना र एउटा राज्य निर्माण गर्ने तीन वटा कार्यभारहरु अगाडि सार्नुभयो र तिनलाई कार्यान्वयन गर्ने संघर्षलाई अगाडि बढाउनु भयो ।

पूर्ण तयारीपश्चात उहाँले सन् १९४५ अक्टोबर १० मा प्योङयाङमा पार्टीको स्थापना गर्ने पार्टीको उद्घाटन (संस्थापना) महाधिवेशनको संयोजन गर्नुभयो । महाधिवेशनमा उहाँले पार्टीको केन्द्रीय नेतृत्वदायी निकायको रुपमा उत्तर कोरियाली कम्युनिस्ट पार्टीको केन्द्रीय संगठन समिति गठन गर्नुभयो र यसको स्थापनाको घोषणा गर्नुभयो । सन् १९४६ को अगस्टमा कम्युनिस्ट पार्टी नयाँ जनवादी पार्टीसँग एकीकृत भयो र उत्तर कोरियाली श्रमिक पार्टी निर्माण भयो र सन् १९४९ मा उत्तर र दक्षिण कोरियाका श्रमिक पार्टीहरुको बिचमा एकता भई कोरियाली श्रमिक पार्टी (वकर्स पार्टी अफ कोरिया) बन्यो ।

एउटा नियमित सशस्त्र सेनाको स्थापना गर्ने पूर्ण तयारी पश्चात किम इल सुङले कोरियाली जननताको लाल सेनालाई सन् १९४८ सेप्टेम्बर ९ मा कोरियाली जनसेनामा विकास गर्नुभयो । सन् १९४८ सेप्टेम्बर ९ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना भयो, परिणामतः कोरियाली जनता गौरवान्वित जनता भए, जसले इतिहासमा पहिलो पटक राज्य र समाजका मालिकको रुपमा स्वतन्त्र रुपले आफ्नो भाग्य आफै लेखे र एउटा पूर्णरुपेण स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देशको रुपमा अन्तर्राष्ट्रिय जगतमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको आविर्भाव भयो ।

कोरियाको मुक्त भएको आधा उत्तरी भागमा कृषि सुधार र मुख्य उद्योगहरुको राष्ट्रियकरण लगायतका आर्थिक सुधारहरु, श्रमजीवी जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरुको सुनिश्चित गराउने श्रम कानुन र महिलाहरुको सामाजिक सशक्तीकरणलाई लागु गर्न लैंगिक समनता कानुन लगायतका विभिन्न जनतान्त्रिक सुधारहरु र न्याय तथा कानुनी कार्यका लागि न्यायिक क्षेत्र एवम् शिक्षा र संस्कृतिको क्षेत्रमा जनवादका नीतिहरु सफलतापूर्वक लागु गरियो । राष्ट्र निर्माण, उत्पादन बृद्धिका लागि प्रतिस्पर्धी अभियान, निरक्षरता विरोधी अभियान र अन्य जनआन्दोलनहरुको रुपमा आम वैचारिक परिचालनको संघर्ष तदारुकताका साथ सञ्चालन गरियो, जसको कारणले कोरियाली जनताले श्रमजीवी जनताको स्वतन्त्रतामा बाधा हाल्ने पुरातन वैचारिक अवशेषहरु र प्राविधिक तथा सांस्कृतिक पछौटेपनलाई ध्वस्त गर्न सफल भए भने नयाँ प्रजातान्त्रिक कोरियाको निर्माणलाई अगाडि बढाउन सफल भए ।

मुक्तिपश्चातको छोटो अवधिमा साम्राज्यवादविरोधी, सामन्तवादविरोधी जनवादी क्रान्तिका कार्यभारहरु सफलतापर्वक लागु गर्ने र नयाँ प्रजातान्त्रिक कोरिया निर्माण गर्ने जोडदार प्रयत्नका कारणले कोरियाको उत्तरी आधा हिस्सामा जनतान्त्रिक व्यवस्था र राष्ट्रिय पुनःएकीकरणको सुनिश्चिताका लागि भरपर्दो आधारको रुपमा क्रान्तिकारी जनवादी आधार स्थापना गर्ने संभव भयो ।

युद्धोपरान्तका पूनर्निर्माणका सबै समस्याहरुलाई सफलतापूर्वक समाधान गर्नका लागि किम इल सुङले भारी उद्योगहरुलाई एउटा मुख्य कडीका रुपमा लिनुभयो र लघु उद्योगहरु तथा कृषिलाई सँगसँगै विकास गर्दै भारी उद्योगहरुलाई प्राथमिकता दिएर आर्थिक निर्माणलाई अगाडि बढाउनु भयो । उहाँले ग्रामीण क्षेत्रको निजी किसान अर्थतन्त्रलाई समाजवादी सहकारीमा रुपान्तरण गर्दै खाद्य अभावलाई जतिसक्दो छिटो हटाउनका लागि खाद्यान्न उत्पादन बृद्धितर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।

यही नीतिमा आधारित हुँदै त्रिबर्षीय राष्ट्रिय आर्थिक योजना (१९५४–१९५६) तयार गरियो र कोरियाली जनताले कम्मर कसेर आफ्नो बाटोमा आइपर्ने वाधाहरुलाई पन्छाउन आत्मनिर्भरताको क्रान्तिकारी भावना प्रदर्शन गरे र तोकिएको समयसीमाभन्दा अगाडि नै ती कार्यहरुलाई पूरा गरे ।

त्रि-बर्षीय राष्ट्रिय आर्थिक योजनासँगै तिनीहरुले पञ्चबर्षीय योजना, षठ्बर्षीय योजना र तीन चरणका सप्तबर्षीय योजना लगायतका थुप्रै आर्थिक विकासका योजनाहरु लागु गरे, जसको माध्यमबाट तिनीहरुले राष्ट्रिय अर्थतन्त्रलाई जुछेउन्मुख, आधुनिक र वैज्ञानिक आधारहरुमा उभ्याउने अभियानमा आश्चर्यजनक उपलब्धिहरु हासिल गरे । जसको प्रतिफलस्वरुप, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया सन् १९६१ मा स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रका बलियो जगमा आधारित समाजवादी औद्योगिक–कृषि राज्य र सन् १९७० मा समाजवादी औद्योगिक राज्यमा रुपान्तरण भयो । पुरानो समाजको धङधङीको रुपमा रहेको ‘कर प्रणाली’लाई एकै पटमा सबैका लागि अन्त्य गर्ने जनताको सर्वोच्च सभा (प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संसद) को आज्ञप्ति जारी भएपछि सन् १९७४ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया विश्वको पहिलो करमुक्त देश हुन पुग्यो ।

सन् १९५८ मा कृषि सहकारीकण र निजी व्यापार तथा उद्योगहरुको समाजवादी रुपान्तरणलाई सम्पन्न गरियो र यससँगै प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा समाजवादी व्यवस्था स्थापना गरियो । किम इल सुङले तीन क्रान्तिहरु – वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्ति – लाई समाजवादी व्यवस्था स्थापना भएपछि लागु गर्नुपर्ने निरन्तर क्रान्तिका कार्यभारहरुको रुपमा परिभाषित गर्नुभयो र श्रमजीवी जनताको स्वतन्त्रता तथा कोरियाली श्रमिक पार्टीको अन्तिम कार्यक्रमलाई पूर्ण रुपमा साकार पार्ने क्रान्तिको आम कार्यभारको रुपमा जुछे विचारमा आधारित भई सम्पूर्ण समाजलाई नमूनाकरण गर्नुभयो । यस सन्दर्भमा उहाँले समाजका प्रत्येक सदस्यलाई क्रान्तिकारी, श्रमजीवी वर्ग तथा वौद्धिक ढाँचामा रुपान्तरण गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई जुछेमुखी, आधुनिक तथा वैज्ञानिक बनाउन चरणबद्ध कार्यभारहरु अघि सार्नुभयो ।

उहाँले समाजवादी निर्माण चोल्लिमा आन्दोलनको एउटा ठूलो उभार ल्याउनु भयो र सम्पूर्ण जनतालाई आफ्नो संघर्षको बाटोमा आइपर्ने कठिनाईहरु र अवरोधहरुलाई पन्छाउने साहस गर्न प्रेरित गर्नुभयो ।

किम इल सुङद्वारा अघि सारिएको ‘चोल्लिमा गतिमा छलाङ मारौँ !’ भन्ने नारा अन्तर्गत कोरियाली श्रमजीवी वर्ग र बाँकी जनताले उपलब्ध स्रोत–साधनहरुलाई परिचालन गर्दै उत्पादन बृद्धि गर्न र अर्थतन्त्रको निर्माण गर्नका लागि अभियानहरु सञ्चालन गर्दै आत्मनिर्भरता र धैर्यताको क्रान्तिकारी भावनालाई पूर्ण रुपमा प्रदर्शन गरे र समाजवादी निर्माणका सबै मोर्चामा विश्वलाई आश्चर्यचकित पार्ने चमत्कारहरु र अन्वेषणहरु गरे । कोरियाली श्रमिक पार्टीको छैठौँ महाधिवेशनद्वारा अघि सारिएका समाजवादी आर्थिक निर्माणलाई अघि बढाउने दश दीर्घकालीन उद्देश्यहरु तोकिएको समयअघि नै हासिल गर्न र सन् १९८० को दशक समाजवादी निर्माणमा महान कार्यान्वयनको दशकको रुपमा किर्तिमान कायम गर्न ८०को दशकको गति सिर्जना गर्ने आन्दोलनलाई राष्ट्रिय अर्थतन्त्रका सबै क्षेत्र र एकाईहरुमा सञ्चालन गरियो ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा समाजवादी संस्कृति पूर्णरुपमा मौलायो ।

सन् १९७५ देखि प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा ११ वर्षे सार्वभौम अनिवार्य शिक्षा प्रणाली लागु गरियो । सन् १९७६ मा सम्पूर्ण बालबालिकाहरुलाई राज्य र सार्वजनिक खर्चबाट हुर्काउने व्यवस्थालाई कानुनद्वारा सुदृढ बनाउन नर्सिङ र बालबालिकाको विकास सम्बन्धी प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कानुन जारी गरियो र सन् १९७७ मा समाजवादी शिक्षा सम्बन्धी दस्तावेज (थेसिस) सार्वजनिक गरियो । समाजका सबै सदस्यहरुको सांस्कृतिक र प्राविधिक स्तरलाई विश्वविद्यालयका स्नातक (युनिभर्सिटी ग्य्राजुयट) सरह बनाउने लक्ष्यसहित ‘सम्पूर्ण समाजलाई बौद्धिक बनाउने नीति’ लागु गरियो ।

(संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानसँग लेफ्ट रिभ्यु अनलाइनका सम्पादक नहेन्द्र खड्काले अंग्रेजी भाषामा लिएको  अन्तर्वार्ताको नेपली अनुवादको पहिलो अंश । अनुवादः नहेन्द्र खड्का । अंग्रेजीमा पूर्ण अन्तर्वार्ताका लागि यहाँ क्लिक गर्नुहोस्  – सम्पादक ।)