
प्रिय किम
अभिवादन छ मेरो
सरासर पुगोस् यो आवाज
तिम्रो राजधानी – प्योङयाङ !
यो कुनै औपचारिकता हैन किम
यो हृदयको भित्रैको आवाज हो
केही गर्न नसके पनि
यो हृदयको अभिवादन हो
तिमी एक्लै छैनौ भन्ने सूचना हो !
तिमीले त छुलछुल मुतायौ यार
यो धर्तीको छेक्राहा साँढेलाई
जो उक्लिरहन्छ
हाम्रा अस्मितामाथि
र जन्माइरहन्छ
वर्णशङ्कर बाछा–बाछी !
लड्न तयार भएपछि
कसरी लुत्रुक्क पर्यो डोनाल्ड
भर्खरै स्खलित पुरुष झैँ
कसरी निस्तेज बन्दैछ उसको बोली
इन्धन सकिएको इन्जिनझैँ
तिमीले त देखाइदियौ यार !
भन्नेहरु जेसुकै भनून्
त्यो डोलाल्ड अर्कै हो
तिमी किम अर्कै हौ
तिम्रो जुत्ताजति पनि हैसियत छैन
त्यो मुर्ख शासकको !
मान्छेहरु
तिमीलाई मूर्ख भन्छन्/भनिरहून्
डोनाल्डकै हरुवा चरुवा बनिरहून्
तिमी अडिग र अविचलित
उभिइरहनू
एक दिन हाम्रो हुने छ
आइ लभ यु किम भेरी मच !
साँच्चि किम
एउटा कुरा नि !
अलिकति उत्तर कोरियाली
निखनो बीऊ
एता पनि पठाऊ न यार
हामी त जम्मै मोन्सान्टो भैसक्यौँ !
हाम्रो मोन्सान्टो दिमागले
कुनै दिन माग्न सक्छ
डोनाल्डसँग
अमेरिकन बीर्य
र जन्मनेछन् !
एनजिओ अनुहारका
खैरा नानीहरु घर घरमा
दिमागी खैरा त भै नै सक्यौँ हामी !
२०७४/०५/१९
ढल्को, काठमाडौँ ।
याे पनि पढ्नुहाेस्ः कमरेडलाई अन्तिम चिठ्ठी !
याे पनि पढ्नुहाेस्ः कोरियाली बाल सङ्गठन र समाजवादी देशका सच्चा सपूतहरू