नवौँ महिना को नवौँ दिन, Mao Ze Dong, Maotsetung Mao Tsetung
 

म एक्लै उभिएको छु,
सुन्तले टापुको किनारमा
शरदको मन्दमन्द जाडोमा ।
हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ,
म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु,
बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन्
अनि, नीलमणिजस्तो निलो पानीमा
हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् ।
चिलहरु हावामा कावा खाँदैछन्,
माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्,
यो चिसो आकाशमुनि,
लाखौँ जीवहरु स्वतन्त्रतापूर्वक बाँच्न सङ्घर्ष गर्दैछन् ।
यो अनन्तता देखेर झोक्किँदै
म प्रश्न गर्छु – अन्त्यहीन भूमिलाई,
‘मानिसको भाग्यमाथि कसले शासन गर्छ हँ ?’

म, त्यहाँ साथीहरुको भीडमा थिएँ,
ती दिनहरु चहकिला थिए,
हामी स्कुले सहपाठीहरु जवान थियौँ,
जीवनको पूर्ण उत्साहमा थियौँ,
सिक्ने अभिलाषाले ओतप्रोत थियौँ,
त्यसैले त आँट गरेर
हामीले सबै वाधालाई एकातिर पन्छाएका थियौँ ।

हाम्रा आफ्नै हिमाल र नदीहरु देखाउँदै,
हामीले मानिसहरुलाई विचारले प्रज्वलनशील बनायौँ
हामीले अजङ्गको शक्तिलाई
फोहरी बिस्टाभन्दा केही पनि मानेनौँ ।
अहिले फेरि सम्झौँ त –
नदीको बिचमा कति डरलाग्दो छाल थियो !
हामी पानीमा कसरी अत्तालिएका थियौँ !
अनि, छालहरुले चाहिँ –
डुङ्गाको गति कसरी थपिरहेका थिए !

(सन् १९२५)

यी पनि पढ्नुहोस्ः

नवौं महिनाको नवौं दिन – क. माओत्सेतुङ

फिलिपिनी कम्युनिस्ट नेता जोसे मारिया सिंसोको कविता

चिनियाँ कथाः राति बास्ने कुखुरो

क. माओत्सेतुङको संक्षिप्त जीवनी