Karl Marx, Karl Heinrich Marx, प्रिय मार्क्स,
 

कठिनाइँहरूले शून्य जीवन
मेरो लागि होइन
अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन
मलाई त चाहिन्छ एक महान उच्च लक्ष्य
र, त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम ।
ओ कला !
तैले खोल्‌
मानवताको धरोहर,
आफ्ना अमूल्य कोषहरूको ढोका
मेरा लागि खोल ।
आफ्नो प्रज्ञा अनि संवेगहरूको अंगालोमा
सारा संसारलाई बाँध्नेछु मैले ।
आऊ,
हामी विकट अनि कठिन सुदुर यात्रामा निस्कौँ
किनकि
निरुद्देश्य र लक्ष्यहीन जीवन
हामीलाई स्वीकार हुँदैन ।
हामी झुलिरहेको कलम घिस्दै
उत्पीडन र लाचारीमा बाच्ने छैनौँ
हामी आकांक्षा, आक्रोश, आवेग र अभिमानले बाँच्नेछौँ
असल मान्छे भएर बाच्नेछौँ ।।

Ganesh Chitaure, Jagaran Book House, जीवन