राम्रो तयारीले कृषिमा जस्तै सबै क्षेत्रमा समय बचाउँछ । निराशा र जोखिम कम गर्छ । राम्रो औषधी रोग लाग्न नदिन हो, उपचार गर्न होइन । राम्रो औषधी स्वस्थ रहनका लागि हो । भीरबाट लड्नु, हड्डी भाँच्नु, स्वास्थ्य गुमाउनुभन्दा भीरबाट लड्न जोगिनु राम्रो हो ।
विद्यालयहरूले पुराना भूगोल, उत्तर नखोज्ने प्रश्न र त्यस्तै प्रकारका धेरै पुराना कुराहरू सिकाइरहेका छन् । त्यसको सट्टामा स्वास्थ्य सम्बन्धी पाठ्यक्रम हुनुपर्छ । स्वस्थ रहने सल्लाह, व्यावहारिक सुझाव, मानव शरीर, यसका अङ्ग, तिनीहरूको सम्बन्ध, शक्ति सञ्चय र निर्देशन पाठ्यक्रममा समावेश हुनुपर्छ ।
शिक्षा सरल र स्पष्ट ज्ञान दिने हुनुपर्छ । घोकन्ते हुनु हुँदैन । आवश्यकता विद्यार्थीको सिक्ने इच्छाको होइन, त्यस्ता शिक्षकको हो, जसले कम्तीमा विज्ञानमा त्यति नै शिक्षा देओस्, जुन नभए मानिसले नयाँ संसारमा केही गर्न सक्तैन । त्यस्तो काम त्यति झन्झटिलो छैन ।
शिशाकलमले नक्सामा भएको प्रमाण दिए वा हाम्रा विश्वविद्यालय वा क्याम्पसहरूमा पढ्न वाध्य पारिएका उपयोगिता विहीन र गलत इतिहास चिरफार गर्न पुग्छ । पृथ्वी, प्रकृति र यसको मिश्रण, बालीनाली, पृथ्वीमा उत्पादित वस्तुहरूको औद्योगिक प्रयोग, त्यसमा आवश्यक पर्ने र विकासमा सहयोग पुर्याउने प्राकृतिक र वैज्ञानिक तत्त्वबारे सरल तरिकाले व्यावहारिक प्रस्तुति सहित प्राथमिक तहमा सिकाइनुपर्ने कुरा हुन् ।
प्राथमिक विद्यालयहरू आफैले मानिसलाई चिन्ताग्रस्त र उपयोगीताहीन पार्ने बासी र सडेका कार्यक्रम ठुलो मात्रामा कटौती गर्नुपर्छ ।
प्राथमिक शिक्षा वैज्ञानिक पारौँ । हामी यही झन्डा फहराऊँ , कहिल्यै झुक्न नदिऊँ ।
नयाँ संसारका लागि नयाँ विद्यालय आवश्यक छ ।
शिक्षामा निहित साहित्यिक भावको ठाउँमा वैज्ञानिक भावले स्थापित गर्नु आवश्यक छ ।
शिक्षामा नयाँ कार्यक्रम ल्याइनुपर्छ र त्यो समय, देश तथा देशको भावना सुहाउँदो हुनुपर्छ । प्राथमिक तहमा विद्यार्थीहरू ज्यादै बौद्धिक र उपयोगी बनेर विश्वविद्यालय छाड्ने हुनुपर्छ । आजको मानिसको विश्वविद्यालय अझ पनि दाँते वा भर्जिनको पालाको अल्पामटर ( प्राचीन विद्यालय ) झैँ छ । त्यतिखेर उनीहरूले आफ्ना विद्यार्थीलाई चित्रकला, पत्रलेखन , धर्म र कानुनजस्ता विषय सिकाउँथे । आजको मानिसले पाउने शिक्षा पनि त्योभन्दा भिन्न, सम्पन्न र रोजगारमुखी छैन ।
मानिसले कोट फेरेझैँ प्राचीन विश्वविद्यालय फेरेर नयाँ विश्वविद्यालय बनाउनु जरुरी छ ।
अगस्ट, १८८३